चीनको हेनानमा बाढी : कम्तिमा १२ को मृत्यु, एक लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
बेइजिङ : चीनको हेनान प्रान्तमा परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार डुबानमा परेको क्षेत्रका एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
अहिले पनि त्यस क्षेत्रमा उद्दार कार्य जारी रहेको जनाइएको छ । उद्दारका लागि ६ हजार वारुणनियन्त्रक, २ हजार जनमुक्तिसेना तथा प्रहरी परिचालित छन् ।
केन्द्रीय सरकारले मुलुकभर बाढी नियन्त्रण संकटकाल घोषणा गरी उद्दार कार्य गरिरहेको समाचारमा उल्लेख छ ।