ओलम्पिकमा ‘एन्टी सेक्स’ बेड

ओलम्पिकमा ‘एन्टी सेक्स’ बेड

टोकियो : विश्व खेलकुदको महाकुम्भ मानिने ३२ औं गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि सुरु हुँदैछ। करिब दुई हप्ताको समयमा ११ हजारभन्दा बढी खेलाडीले आफूलाई अब्बल सावित गर्ने कोसिस गर्ने छन्। जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा ३३ खेलमा ३ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।

टोकियो ओलम्पिकमा सहभागी हुने अधिकांश खेलाडी अहिले जापान पुगिसकेका छन्। जापान पुगेका खेलाडीको ध्यान भने ओलम्पिक भिलेजमा राखिएको बेडमा परेको छ। उनीहरूले ओलम्पिक भिलेजमा राखिएको बेडका बारेमा सामाजिक सञ्जालमा खुलेर चर्चा पनि गरिराखेका छन्। 

सामाजिक सञ्जालमा चर्चाको विषय बनेको बेडको विशेषताका बारेमा बुझेपछि भने धेरैले आश्चर्य मानेका छन्। जापानले टोकियो ओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियलका लागि छुट्टै प्रकारको बेड निर्माण गरेको छ। पुनः प्रयोग गर्न मिल्ने सामग्रीबाट खेलाडी, प्रशिक्षक र अफिसियलका लागि बेड निर्माण गरिएको हो। कार्डबोर्डबाट बनेको बेडमा प्लास्टिकबाट बनेको गद्दा बिछ्याइएको छ। ओलम्पिक र पारा ओलम्पिक सम्पन्न भएपछि बेड र गद्दालाई अन्य विभिन्न काममा पुनः प्रयोग गरिनेछ। प्लास्टिकबाट बनेको गद्दा ‘म्याटरेस’लाई पुनः प्लास्टिककै सामग्री बनाउन प्रयोग गरिने भएको छ। 

आयोजकले टोकियो ओलम्पिकका लागि १८ हजार र पारा ओलम्पिकका लागि आठ हजार बेड आवश्यक पर्ने जनाएका छन्। ओलम्पिक भिलेजका हरेक कोठाबाट ‘रेन्बो ब्रिज’को दृश्यावलोकन गर्न सकिनेछ। हेर्दा आकर्षक र आरामदायी सिंगल बेड नौ वर्गमिटर र डबल्स बेड १२ वर्गमिटरको रहेको छ। सिंगल र डबल्स दुवै बेडमा यौन सम्पर्क गर्न भने मिल्ने छैन।

ओलम्पिक भिलेजका बेडहरू ‘एन्टी सेक्स’ रहेकाले यौन सम्पर्क गर्न नमिल्ने आयोजकले जनाएका छन्। कार्डबोर्डबाट बनेको बेडमा बढी हलचल गर्न नमिल्ने र एक जनाको मात्र भार थेग्न सक्ने खालको रहेको जनाइएको छ। खेलाडीहरूबीचको निकटतालाई रोक्नका लागि पनि कमसल खालको बेड निर्माण गरिएको आयोजकको दाबी छ। कोरोना भाइरसको महामारीका कारण कोठामा तोकिएका व्यक्तिबाहेक अरूलाई भने प्रवेश निषेध गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.