‘पुष्प’ बनेर फुलेका ‘पुष्पलाल’
कार्लमार्क्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणा–पत्र’ लेख्दै गरेका बेला सन् १८४६ (१९०३ साल) तिर तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेजी साम्यवादको इसारामा नेपालमा कोतपर्व गरे। राज्यशक्ति आफ्नो हातमा पारेपछि सन् १८५० (१९०७ साल) मा उनी बेलायत र फ्रान्सको भ्रमणमा गएका थिए। त्यतिबेला बेलायत र फ्रान्समा मजदुर आन्दोलन भइरहेको थियो भने अर्कातिर कम्युनिस्ट घोषणा–पत्रको प्रकाशन हुन थालेको थियो। यो कुरा जंगबहादुरले थाहा पाए। उनले अंग्रेजी साम्राज्यवादसँग सम्झौता गरेका कारण १९१३ सालमा राजेन्द्रविक्रमले सनद घोषणा गर्न लगाएर राज्यको शक्ति आफ्नो हातमा लिए। १९१४ सालमा भारतमा अंग्रेजविरुद्ध स्वतन्त्रता संग्राममा फौज लिई जंगबहादुर अंग्रेजी साम्राज्यवादलाई सघाउन गएका थिए। यसको बदलामा साम्राज्यवादीले सुगौली सन्धिपूर्व जंगबहादुरलाई पहिलेको पश्चिम तराई नेपालको ठूलो भूभाग इनामस्वरूप दिए। पछि उनले कम्युनिस्ट घोषणा–पत्रको महŒव थाहा पाएपछि राणाराज्य स्थापना हुनेछ भन्ने बुझे।
उता नेपालका गरिब र सर्वहारा वर्गका अंग्रेजी फौजमा संलग्न नेपालीहरूले रुसको एक खण्डमा कम्युनिस्ट घोषणा–पत्रले सम्मान पाएको खबर नेपालका कुनाकाप्चामा पुर्याए। यसले नेपाली जनतामा पनि उत्साह बढ्दै गयो। राणा शासन वर्गमा भने यस कुराले त्रास पैदा गरायो। त्यसरी नै साम्राज्यवाद र राणाशाहीको कडा बन्देजका बाबजुद पनि भारतबाट प्रकाशित विभिन्न पत्रपत्रिका नेपालका विभिन्न भाग र राजधानी आउँथे। यसले यर्दा पनि नेपालमा साम्राज्यवादको विरोधको बिजारोपण भयो। गंगालाल (पुष्पलालका दाजु) ले साथीसँग छलफल गर्दा रुसको समाजवादी व्यवस्थाको चर्चा गरेको कुरा पुष्पलालले सुनेका थिए। त्यसपछि सूर्यबहादुर भारद्वाजमार्फत विश्वप्रसिद्ध समाजवादी साहित्यकार म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ पढेपछि पुष्पलाल कम्युनिस्ट विचारधारातिर आकर्षित भए। पुष्पलालमा १९९७ साल (सन् १९४०) सालअघि कम्युनिस्ट विचारधारामात्र उत्पन्न भएको थियो। सोही वर्ष उनका दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि उनमा राणाहरूको अत्याचारप्रति विद्रोह गर्ने विचार उत्पन्न भयो। ९७ सालको काण्डपछि प्रेमबहादुर, सूर्यबहादुर, शम्भुराम र पुष्पलाल गरी चारजनाले राजनीतिक दल बनाई राणाहरूको विरोध गर्ने निधो गरे। उनीहरू एक आपसमा भेट्दा ‘कमरेड’ शब्दले सम्बोधन गर्ने र अभिवादन गर्दा ‘लालसलाम’ भनी प्रयोग गर्न थाले। त्यतिखेर भारतमा पनि भारतीय कम्युनिस्ट पार्टी अलग्गै पार्टीको रूपमा कार्य गर्दै आइरहेको थियो। त्यसको प्रभाव प्रवासी नेपाली र स्वदेशी नेपालीमा परेको थियो। बंगाली कम्युनिस्ट संगठनकर्ता सुशील चटर्जीसँग भेट भएपछि शम्भुरामले उनका विचार र कम्युनिस्ट सिद्धान्तबारे पुष्पलाललाई बताए। जतिबेला पुष्पलालले कम्युनिस्ट सिद्धान्तको केवल भावनामा मात्रै बुझेका थिए। १९९७ सालमा राणा व्यवस्थाविरुद्ध पर्चाबाजी गरेको भन्दै चार जनालाई प्राणदण्ड, ३६ जनालाई काराबास र केहीलाई चेतावनी दिइयो। सोही घटनाले पुष्पलाललगायत समग्र देशका जनतामा पनि राणाशाहीको कुविचारप्रति विरोध जन्मिन थाल्यो।
पुष्पलालको बाल्यकाल
नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक दृढता, सृजनशीलता, दूरदर्शिता, क्रान्तिकारिता, व्यावहारिक नीति निर्माण, नेपालको ऐतिहासिक पहिचान आदिमा उनको स्थान सबैभन्दा अगाडि रहेको छ। पुष्पलालले लिएको नीति २०४६ सालमा आएर सफल भएको देखिन्छ।
कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि पुष्पलालले गरेका कार्यहरूलाई दर्शाउन कम्युनिस्ट पार्टीको इतिहासलाई पनि प्रस्तुत गर्नुपर्ने हुन्छ। उनको अथक परिश्रमबाटै कम्युनिस्ट पार्टी वर्तमानमा उज्ज्वल भविष्यसहित अगाडि बढिरहेको छ। जनताको मुक्ति, नेपालबाट सम्राज्यवाद, सामन्तवाद र विदेशी हस्तक्षेपलाई निर्मूल पार्नका लागि जीवन समर्पण गर्ने उनले नेपालमा माक्र्सवादी आन्दोलनको शुभारम्भ गरेका थिए। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनवादी शक्ति शोषित पीडित जनताको बीचमा पुर्याउने उनले महŒवपूर्ण भूमिका खेलेका थिए। पुष्पलालले निरंकुशताविरुद्ध सम्पूर्ण प्रगतिशील तथा प्रजातान्त्रिक शक्तिलाई एकजुट गराएर संयुक्त र सशक्त आन्दोलन गरेका थिए। आन्दोलनमै जीवन बिताएका उनले नेपाली कम्युनिस्ट आन्दोलनको पर्यायवाचीका रूपमा आफूलाई उभ्याए। नेपाल कम्युनिस्ट पार्टीको स्थापनापूर्व यस पार्टीको गठनमा भएका महŒवपूर्ण कार्यहरूको महŒव गरिमामय रहेको छ। एङ्गेल्सले सर्वप्रथम विश्वमा मगर जातिमा साम्यवादी समाज रहेको कुरा ‘परिवार, व्यक्ति, सम्पत्ति र राज्यको उत्पत्ति’ नामक पुस्तकमा उल्लेख गरेका थिए। सोहीअनुसार नेपालमा पनि सर्वप्रथम साम्यवादी समाज रहेको पुष्टि हुन्छ।
नेताप्रधान होइन नीतिप्रधान पुष्पलाल
२००४ सालतिर एक सम्मेलनमा भाग लिन आएका समाजवादी दलका नेता डा. राममनोहर लोहियोसँग पुष्पलालको भेट भयो। जहाँ नेतृत्वको चुनाव हुँदा समाजवादीहरूको अल्पमत र कम्युनिस्टहरूको बहुमत भयो। जसमा डिल्लीरमण सभापति, प्रेमबहादुर कंसाकार महामन्त्री र पुष्पलाल मन्त्री भए। अन्त्यमा, लोहियाले नेपालमा राष्ट्रिय नेताको आवश्यकता रहेको र उक्त पदमा बीपी कोइरालाको नाम लिए तर पुष्पलाललाई त्यो कुरा मन परेन। ‘नेताप्रधान नभई नीतिप्रधान हुनुपर्छ’ भन्ने कुरामा जोड दिने पुष्पलालले कांग्रेसलाई यहीँदेखि छोडेर कम्युनिस्ट पार्टीको संगठनमा लागेको पाइन्छ। कांग्रेसको तेस्रो सम्मेलनबाट आएको धु्रवीकरणसँगै माक्र्सवादी दृष्टिकोणतिर आकर्षित नेतासँगै पुष्पलाल आदिले माक्र्सवादी साहित्यलाई नेपालका कुनाकाप्चामा पुर्याउने उद्देश्यले केही पुस्तक किनेर काठमाडौं ल्याए। उनले कम्युनिस्ट घोषणा–पत्र र लेलिनको ‘गाउँका गरिब किसान’ नामक दुईवटा पुस्तक पढे। यी किताब पढेपछि उनमा निकै ज्ञान आयो। केदारमान व्यथितले पुष्पलाललाई कोइराला गुटमा तान्न प्रयास गरे पनि उनी रेग्मी गुटमै रहे। तर रेग्मीले पनि गुप्त रूपले सम्बन्ध स्थापित गर्दै गएको थाहा पाएपछि पुष्पलालले रेग्मी गुटबाट पनि बिदा लिए।
द्वितीय विश्व युद्धपछि दक्षिणपूर्व एसियामा नै कम्युनिस्ट पार्टीको नेतृत्वमा मुक्ति संग्रामको लहर चलिसकेको थियो। आफू तरुण भएकाले पुष्पलाललाई तरुण नेपाल मोर्चा खोल्ने विचार आए तापनि माक्र्सवादी सिद्धान्तले उनलाई प्रभाव पार्दै लग्यो। उनी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागि परेका थिए। बनारसमा बसेर पार्टी गठनमा लागि पर्दा पुष्पलालले धेरै माक्र्सवादी साहित्यको अध्ययन पनि गरेका थिए। त्यसै बखत उनले कम्युनिस्ट घोषणा पत्र, सोभियत रुसमा व्यक्ति र समाज, माक्र्सवाद के हो ?, चीनी क्रान्ति र चीनी कम्युनिस्ट पार्टीले गाउँका गरिबहरूलाई अपीलजस्ता पुस्तकलाई पनि नेपालीमा अनुवाद गरेका थिए। यी पुस्तकको प्रकाशनका निमित्त उनी कलकत्ता आएका थिए। कलकत्तामा दार्जिलिङका कम्युनिस्ट पार्टी संगठनका एमएलएसँग पुष्पलालको भेट भयो। उनीमार्फत पश्चिम बङ्गालका भारतीय कम्युनिस्ट पार्टीका मन्त्री नृपेन्द्र चक्रवर्तीसँग पुष्पलालको भेट भएपछि अन्तर्राष्ट्रिय कम्युनिस्टहरूसँग पुष्पलालको विधिवत् सम्पर्क भएको थियो। पार्टीले दार्जिलिङबाट नेपालीमा एक साप्ताहिक निकाल्ने योजना बनाएपछि पुष्पलाल त्यता गए। त्यहाँ चिया बगानका मजदुर र बंगालका विभिन्न कम्युनिस्ट नेताहरूसँग उनको भेट भयो। पुष्पलालले नेपालमा पनि कम्युनिस्ट पार्टी गठन गर्ने कुरा सबैलाई सुनाएका थिए। अखबार निकाल्ने क्रममा प्रेसमा छापा मारेपछि उनी पुनः कलकत्ता फर्किए। त्यहाँ पुगेर उनी कम्युनिस्ट घोषणा–पत्रको प्रकाशनका लागि जुटे। तर पुलिसले छापाखाना नै छापा मार्यो र घोषणा–पत्रको पाण्डुलिपि उठाएर लग्यो। अर्काे प्रेसमार्फत गोप्य रूपमा छपाएर उनले २००५ चैत्र २३ का दिन कम्युनिस्ट घोषणा–पत्रको प्रकाशन गरे।
पार्टीको प्रथम ‘कन्भेन्सन काल’ र तेस्रो सम्मेलन
केन्द्रीय संगठन समितिको गठन, नयाँ जनवादी कार्यक्रम, पार्टी सिंहावलोकन मस्यौदा, क्लासको आयोजना, नेपाल पत्र, नेपाल ट्रिब्युन पत्रिकाको प्रकाशन आदिले पार्टीको इतिहास स्पष्ट भयो। तुलसीलाललगायत अन्य तीनजनाले फैलाएको झुटको पर्दाफास भयो। सबैतिरका पार्टीका जिल्ला कमिटिहरूले पनि पार्टीको संगठन समितिलाई समर्थन गर्दै गए। यस कन्भेन्सनले पार्टीको सम्मेलन गर्नुपर्ने कुरामा जोड दियो। तेस्रो ऐतिहासिक सम्मेलन २०२५ जेठ २ गते सम्पन्न भयो। सम्मेलन उद्घाटन गर्नुपूर्व केन्द्रीय संगठन समितिका मन्त्री पुष्पलालले सबै पर्यवेक्षक तथा प्रतिनिधिहरूलाई ‘पार्टी केही साथीले गर्दा केन्द्रविहीन भएको अवस्थामा हामीले यो सम्मेलनको आयोजना गरेका हौं’ भनेर बताए। सबैले पुष्पलालको कुरालाई माने। त्यसपछि उनले पार्टीको केन्द्रीय संगठन समितिका तर्फबाट एक प्रतिवेदन पेस गरेका थिए।
प्रतिवेदनमा पार्टीमा सैद्धान्तिक, राजनीतिक र संगठनात्मक एकता ल्याउनका लागि आफूले गरेको कार्यलाई पुष्पलालले बताएका थिए। उनले पार्टीलाई अगाडि बढाउन नयाँ जनवादी कार्यक्रम पेस गरेका थिए। निर्वाचित केन्द्रीय समितिले पुष्पलाललाई पार्टीको महामन्त्री पदमा चुन्यो। महामन्त्री उनले पार्टी पद्धतिअनुसार भविष्यमा कसरी अगाडि बढ्नेछ भनी एउटा प्रतिज्ञा पत्र तयार पारेर सुनाए। यसका साथै केन्द्रीय समितिको नीति तथा निर्देशन, कमिटीहरू तयार गर्दा ध्यान पुर्याउनुपर्ने कुरा, अञ्चलीय संगठन ब्युरोको निर्माण आदि कुराहरू पनि उक्त सम्मेलनमा छलफल भए। केही समयपछि मोहनविक्रम पार्टी केन्द्रमा आएर कम्युनिस्ट पार्टीको नीति कांग्रेसविरोधी छ भनी आरोप लगाए। पुष्पलाल आदिले यो कुराको खण्डन गरे भने क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने कुरामा जोड दिए। आमनेपाली जनताको साझा दुस्मनका रूपमा देखापरेको पञ्चायती व्यवस्थाविरुद्ध प्रहार गर्न क्रान्तिकारी बनेका पुष्पलालहरूको पार्टी नै आशाको केन्द्रका रूपमा देखा पर्यो। सन् १९६० देखि १९७८ सम्म प्रवासमा बसेर कम्युनिस्ट पार्टीको सम्वद्र्धन, उत्थान र विकासमा पुष्पलाल जुटेका थिए। यसरी डटेर जीवन नै कम्युनिस्ट पार्टीमा सपर्मण गरेका उनलाई २०३१ सालदेखि ह्दयघात रोगले समात्यो। २०३३ सालमा नेपाली काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप गरौं भनेर बोलाउँदा पनि उनी नेपाल नफर्की विरोधमै लागे। अन्तिम समयसम्म पार्टीकै कार्यमा व्यस्त पुष्पलालको २०३५ साउन ७ गते बिहान ११ः३० मा दिल्लीमा निधन भयो। निरंकुश, राजतन्त्र र पञ्चायती व्यवस्थाले त्यस समयमा उनको लासलाई नेपाल ल्याउन दिएन। उनको अस्थीलाई काठमाडौं ल्याएर हजारौंको जुलुसले नगर परिक्रमा गरेको थियो। नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक दृढता, सृजनशीलता, दूरदर्शिता, क्रान्तिकारिता, व्यावहारिक नीति निर्माण, नेपालको ऐतिहासिक पहिचान आदिमा उनको स्थान सबैभन्दा अगाडि रहेको छ। पुष्पलालले लिएको नीति २०४६ सालमा आएर सफल भएको देखिन्छ।