भारतमा कालो ढुसीका कारण चार हजारभन्दा बढीको मृत्यु

भारतमा कालो ढुसीका कारण चार हजारभन्दा बढीको मृत्यु

कोभिड-१९ का बिरामीहरूलाई संक्रमण गर्ने 'कालो ढुसी' बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस संक्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्। यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। संक्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ। संक्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।

चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ। चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी–फङ्गल इन्जेक्शन (सुई) मात्रै प्रभावकारी देखिएको छ।

सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ। त्यहाँ म्यूकोर्माइकोसिसबाट १,७८५ जनाको मृत्यु भएको छ। म्यूकोर्माइकोसिसका धेरै बिरामीमा संलग्न बेङ्गलुरुका शल्यचिकित्सक रघुराज हेगडेले रोगको सङ्क्रमण र मृत्युको धेरै कम गणना गरिएको छ ।

'सामान्यतया म्यूकोर्माइकोसिस भएको केही हप्तादेखि महिनापछि मृत्यु हुने गर्छ। हाम्रो विद्यमान प्रणाली यो तथ्यांक फेला पार्न उपयुक्त छैन,' उनले भने। कालो ढुसीको सङ्क्रमणसम्बन्धी तथ्याङ्क कम हुनुमा साना अस्पताल र ग्रामीण भेगमा यो रोग पत्ता लगाउन गाह्रो हुनु पनि कारण रहेको उनले जानकारी दिए। उनका अनुसार ठूला सहरमा पनि सङ्क्रमितमध्ये केही मात्रै अस्पताल पुगेका छन्।

चिकित्सकहरूका अनुसार धेरै बिरामीहरूको अस्पताल पुग्नुअघि नै मृत्यु भएको छ र उपचार भएका अनि निको भएका कैयौँ बिरामीमा सङ्क्रमण फर्किएको पाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.