नेदरल्यान्डमा टिकटकलाई साढे ७ लाख युरो जरिवाना
हेग : नेदरल्यान्डका तथ्यांक सुरक्षा अधिकारीले साना बच्चाको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध ७ लाख ५० हजार युरोबराबरको जरिवाना घोषणा गरेका छन्।
नेदरल्यान्ड तथ्यांक संरक्षण प्राधिकरणले टिकटकको एप स्थापनासम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको जनाएको छ। ‘टिकटकको व्यवस्थापनले गोपनीयतासम्बन्धी सूचना डच भाषामा नदिएकाले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ’, डीपीएद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।
डीपीएका अधिकारीले यो गोपनीयता कानुनको उल्लंघन भएको बताए। ‘जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्नेबारे स्पष्ट जानकारी दिनुपर्दछ’, ती अधिकारीले भनेका छन्। तथ्यांक संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्यान्ड्समा ३ करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत वर्ष अनुसन्धान आरम्भ गरेको थियो। यद्यपि, डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ।