हुनुका थोपाहरू म !
थोपा थिएँ, थोपै रहे, रहुँझैं लाग्छ अझै
अग्रीम थोपाहरू टप्कँदा टप्कँदै सुकेर
रसाउँदै सुस्क सुक्न नसकेको भए
मेरो भूमि जलभण्डार बन्थे कसरी ?
आफू सुकेर मातृभूमि भण्डारण गर्न सिकें !
अनन्तकालसम्म रसाउँदा रसाउँदै
थोपाहरू सतह भित्रबाट उकासिन थाले
थोपाहरू अनि बिस्तारै बग्न थालें
थोपाका संवेगहरू उनकै सहजता प्लावित
थोपा थोपामा मनन् गरें।
युगौंयुग टप्केका ती
थोपाहरूका बहाब रहेछ–
पानी–पानीका नदीहरू
नदीहरूका पुख्र्यौली थोपाहरू
लक्ष्मण–रेखाबिनाका सिमानाहरू
नदीका पूर्वजन्म भेटें
कन्दराका थोपा–थोपामा
लाग्छ म नि थोपै हुँ
टपटप टप्किरहने थोपा
बग्नुको निरन्तरता अनवरत थोपैथोपा
थोपै थोपाका थोपा
मेरो म हुनुको न्वारान
मेरा पाइलाका खुट्टाहरू
खुट्टाका मेरा पाइलाहरू
पाइलै पाइलाका न्वारानहरू !
म हुनुका थोपाहरू !!