प्रज्ञाको शैक्षणिक व्याकरण
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ बजारमा ल्याएको छ। प्रतिष्ठानले प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईंद्वारा लिखित ब्याकरण बजारमा ल्याएको हो।
प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरणहरू रहेकाले नेपाली भाषाका सीपहरूको शिक्षण गर्न अति उपयोगी व्याकरण बजारमा ल्याएको बताए। पुस्तकका लेखक प्रा.डा. हेमनाथ पौडेलले विद्यालय र विश्वविद्यालयका शिक्षक र विद्यार्थीलाई केन्द्रित गर्दै प्रयोगात्मक विधिको प्रयोग गरी लेखिएको पाठपरक रचनात्मक व्याकरण भएकाले यसले शिक्षण प्रशिक्षणका साथै व्याकरणका सबै अध्येतालाई सघाउ पु¥याउने विश्वास व्यक्त गरे।
प्रज्ञा प्रतिष्ठानद्वारा तयार पारिएको व्याकरण सबै तहका शिक्षक–विद्यार्थीका लागि अति उपयोगी रहेको जनाइएको छ। ३५२ पृष्ठको यो पुस्तकको मूल्य ३१५ रुपैयाँ तोकिएको छ।