इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् । 

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए । 

राजदूतमा नियुक्त भएका हइकले यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् ।

'हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उनले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,' विदेश मन्त्री लापिडले भने । 

उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.