सडक नबन्दा सास्ती

सडक नबन्दा सास्ती

परासी : ४ वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको जिल्ला सदरुमकाम परासीको सडक अझै बन्न सकेको छैन । झरहीखोलादेखि बुद्धचोकसम्मको सडक बन्न नसक्दा स्थानीय धुलो र हिलाम्मेबाट सास्ती खेप्नु परेको छ ।

संघीय सरकारको बजेटमा उक्त सडक बनाउन ४ वर्षअघि ठेक्का आव्हानसमेत गरी सकिएको छ ।  ठेक्का आव्हान भइसकेकाले नगरपालिकाले समेत बजेट छुट्टाउन नमिल्ने भएकाले सडक अहिलेसम्म अलपत्र छ ।

जसका कारण स्थानीयहरुले सास्ती व्यहोर्नु परेको हो । सडक बनाउनका लागि वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्दासमेत सुनुवाई नभएको भन्दै स्थानीयहरु जनप्रतिनिधिहरुसँग आक्रोशित छन् । 

सडक नबन्दा सदरमुकामकै सौन्दर्य कुरुपहुँदै गएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । ‘संघीय सरकारको बजेटले सडक निर्माणको ठेक्का निकालिएको छ । स्थानीय तहहले बजेट छुट्टाउन मिलेन । यो ठेक्का रद्ध हुने बित्तिकै तत्काल नगरपालिकाले आफ्नै लगानीमा काम सुरु गर्छ,'नगर प्रमुख गुप्ताले भने ।

लामो समय बितिसक्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने नगर प्रमुख गुप्ताले माग गरे ।  भैरहवा–भूमही सडक खण्डको वाइपास रोडदेखि सदरमुकाम जोड्ने यो प्रमुख सडक हो ।  नगरपालिकासँग जोडिने यो सडकमा सवारी चाप अधिक हुने गरेको छ । चापका कारण अत्याधिक धुँलो भएपछि सवारीसाधनहरु दिउँसै लाइट बालेर हिँड्नुपर्ने अवस्था छ ।

सडक धुलाम्मे भएका कारण पसल बन्द गर्नु परेको व्यवसायी अनिस अग्रहरीले बताए । धुलोका कारण पसल व्यवसायलाई मात्र नभई स्वास्थ्यमा समेत प्रतिकुल असर पुगेको अर्का स्थानीय श्यामराज कालिकोटाले बताए । 

सडक निर्माणका लागि आ.व. २०७३/७४ मा सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले ठेक्का आव्हान गरेको थियो । जसअनुसार निर्माण कार्यको जिम्मेवारी पाएको गौरी पार्वती निर्माण सेवा सामाखुसी काठमाण्डौंले अहिलेसम्म सडक बनाउने कार्य सुरुवात समेत गरेको छैन् । 

२ पटकसम्म म्याद थप गर्दासमेत सडक नबनेपछि असार १५ गते ठेक्का तोड्नका लागि सूचना निकालेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । ‘सडक निर्माणमा व्यवसायीले चरम लापारबारही नै गरेको हो । साउनको दोस्रो सातादेखि काम सुरु गरेर ४ महिनाभित्र सम्पन्न गर्छौं भनेर लिखित प्रतिबद्धता आएको छ, 'अर्यालले भने ।

नयाँ प्रक्रियामा जाँदा समय लाग्ने भएकाले निर्माण व्यवसायीले दिएको उक्त अवधि पनि हेर्ने मनसायमा रहेको इन्जिनियर अर्यालले बताए । झरहीखोलादेखि बुद्धचोकहुँदै मञ्जरिया जोड्ने सडक र पोखरापालीसम्मको सडक, नाली र फुटपाथ निर्माणका लागि निर्माण कम्पनीले १६ करोड ९४ लाखमा ठेक्का लिएको हो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.