अर्घाखाँचीको छत्रदेवमा करेन्ट लागेर महिलाको मृत्यु
सन्धिखर्क : बिजुलीबाट चल्ने मकै पिस्ने झातो (मिल) चलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीय कमला राना आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने झातो चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।
जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।