मलाइकाको योजनै योजना

मलाइकाको योजनै योजना

मुम्बई : बलिउड अभिनेत्री एवं चर्चित नृत्यकार मलाइका अरोरा पछिललो साढे दुई दशकदेखि चलचित्र  क्षेत्रमा क्रियाशील छिन्। साढे दुई दशकको अवधिमा मलाइकाले अभिनयले भन्दा पनि आफ्नो नृत्यले सबैको मन जित्न सफल भएकी छन्। 

उनले निर्वाह गरेको विभिन्न भूमिकालाई पनि दर्शकले रुचाएका छन्। ४७ वर्षीया मलाइका विभिन्न टेलिभिजनका रियालिटी शोमा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएकी छन्। भारतीय नृत्यको क्षेत्रमा उनलाई निकै सम्मानका साथ हेरिन्छ। आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्दै आएकी बहुआयामिक व्यक्तित्व मलाइकाले आफूले सुरु गर्ने नयाँ प्रोजेक्टका बारेमा भारतीय सञ्चारमाध्यमसँग कुरा गरेकी छन्। उनले विगत दुई वर्षदेखि आफ्ना थुप्रै प्रोजेक्टहरू पाइपलाइनमा रहेको बताइन्। ‘म केही कार्यक्रमहरू निर्माण गर्दैछु। उत्कृष्ट कन्टेन्टका साथ केही समयपछि नै उपस्थित हुँदैछु’, मलाइकाले भनेकी छन्, ‘विगत दुई वर्षदेखि पाइपलाइनमा रहेको मेरो योजना र प्रोजेक्टहरूले अब गति लिन सुरु गरेका छन्। यसका लागि मैले धेरै महत्वपूर्ण व्यक्तित्वहरूलाई भेटेकी छु। सबैबाट उत्साहजनक प्रतिक्रिया पनि पाएको छु।’

मलाइका पछिललो समय सुपर डान्सर–४, इन्डियाज बेस्ट डान्सरलगायतका रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छन्। उनी अब आफै डान्स शो सुरु गर्ने तयारीमा छिन्। 

‘डान्स शो चाँडै नै सुरु हुँदैछ। हामीले अनलाइन अडिसन पनि सुरु गरिसकेका छौं’, उनले भारतीय सञ्चारमाध्यमसँग भनेकी छन्, ‘डान्स शो निकै  रमाइलो हुनेछ। एकसे एक प्रतिभाहरूले आफ्नो कला प्रस्तुत गर्ने छन्।’ उनले पछिल्लो समय आफूहरू एपमा पनि काम गरिरहेको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.