जर्मनीको लेभरकुसेनमा विस्फोट: दुईको मृत्यु, ३१ घाइते

जर्मनीको लेभरकुसेनमा विस्फोट: दुईको मृत्यु, ३१ घाइते

बर्लिन: जर्मनीको लेभरकुसेन सहरस्थित एक औधोगिक पार्कमा विस्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् ।

घटनास्थलबाट व्यापक मात्रामा धुवाँको मुस्लो उडेको छ । कसरी घटना भयो भन्ने यकिन विवरण आएको छैन । घटनास्थलमा केही मानिस हराइरहेको बताइएको छ । घटनास्थलमा आगो निभाउन तीन घण्टादेखि अग्नि नियन्त्रक तथा उद्धारकर्मी टोली पुगेको छ ।

घटनास्थलबाट हराएका मानिसहरुको खोजी कार्य भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

लेभरकुसेन सहर गत साता विनाशकारी बाढीका कारण १८० जनाको मृत्यु भएको क्षेत्रबाट जम्मा ५० किलोमिटर भन्दा छोटो दूरीमा पर्छ । यस सहरमा ३० भन्दा धेरै कम्पनीहरु नियमित सञ्चालनमा आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.