गरिबको सहारा, धनीको उपेक्षा

गरिबको सहारा, धनीको उपेक्षा

सरकारी अस्पताल वीर अन्तर्राष्ट्रिय मापदण्डमा रहेर पाँच सय शैय्याको सर्जिकल भवनका रूपमा सञ्चालन हुँदैछ।


मुलुकको जेठो अस्पताल। एक शताब्दी बढी उमेर जनताकोे सेवामा समर्पित अस्पताल। राणा शासक वीर शम्शेरले जनताको दुःखपीडामा मलम लगाउन स्थापना गरेका थिए,१९४७ सालमा वीर अस्पताल। मुलुकमा आधुनिक चिकित्सा क्षेत्रको औपचारिक सुरुआत वीर अस्पतालबाटै भएको थियो। कुनै जमाना यस्तो पनि थियो, सर्वसाधारण अस्पताल भनेपछि चार कोश पर भाग्ने। रुढीवादी समाजमा अस्पताल र डाक्टरप्रति विश्वास जगाउन कम्ति चुनौती थिएन। धामीझाँक्रीको विश्वासमा अडेको समाजलाई आधुनिक चिकित्सातर्फ डोहोर्‍याउन त्यतिबेलाका लागि सहज थिएन।

त्यही भएर वीर अस्पतालले बिरामीलाई आकर्षित गर्न निःशुल्क उपचारसहित निःशुल्क मासुभातको पनि व्यवस्था गथ्र्यो। कुनै बेला विरामीलाई अस्पतालसम्म आइदिन हारगुहार गर्ने वीरमा अहिले थामिनसक्नुको भीड हुन्छ। हुने खानेले महँगा र निजी अस्पतालमा उपचार गराई रहेपनि हुँदा खाने गरिब, असहाय र निमुखा वर्गको रोजाइमा भने वीर नै पर्ने गर्छ। मुलुकको जेठो वीरले १ सय ३२औंवर्षगाँठ मनारहँदा यसको भूमिकामा बदलाव आएको छ। विश्वव्यापी कोभिड १९ को महामारीपछि यसलेकोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको भूमिका निर्वाह गर्र्दै आएको छ। कोभिड १९ का विरामीहरूको व्यवस्थापनका लागि नेतृत्वदायी भूमिकामा रहेर अहिले अस्पतालले आफ्ना सेवा दिँदै आइरहेको छ। पहिला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको यो अस्पताल कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालअन्तर्गत सञ्चालनमा रहेको छ।

गरिब, असहाय सर्वसाधरणका लागि सस्तो र आवश्यक परेमा निःशुल्क उपचार दिँदै आइरहेको वीर अस्पतालमा हाल आधुनिक सुविधा सम्पन्नएक हजार शैय्या र दुई हजारभन्दा बढीदक्ष कर्मचारीहरूले स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन्।उपचारका लागि धाँमी, झाँक्री र वैद्यका भरमा रहेको नेपाली समाजलाई आधुनिक चिकित्सा सेवाको सुरुआत गराएको जेठो अस्पताल हो, वीर। तत्कालीन राणाप्रधानमन्त्री वीर शमशेर जंगबहादुर राणाले१९४७ साउन १२ गते जनताको उपचारका लागि भन्दै वीर अस्पतालको स्थापना गरिएको इतिहास छ।

वीर अस्पतालले बिरामीलाई आकर्षित गर्न निःशुल्क उपचारसहित निःशुल्क मासुभातको पनि व्यवस्था गर्थ्यो। कुनै बेला विरामीलाई अस्पतालसम्म आइदिन हारगुहार गर्ने वीरमा अहिले थामिनसक्नुको भीड हुन्छ।

स्थापनाकालमा ७ वटा शैया र ५ जना कर्मचारीबाट सेवा सुरु गरिएको थियोे। स्थापनाको समयदेखि नै वीर अस्पतालमा निःशुल्क उपचारसँगै मासुभातको पनि व्यवस्था गरिएको थियो। पछि राजा महेन्द्रलेवीर अस्पतालमा पहिलो पटक आईसीयूको सुरुआत गरेका थिए। अस्पतालको शैय्या संख्या बढाएर ५० शैय्याको अस्पतालको रूपमा स्तरोन्नती भएको थियो। 

श्री ३ वीरशम्शेरले अस्पतालका लागि कलात्मक भवन निर्माण गराएका थिए, जुन१९९० सालको भूकम्पले उक्त भवन ध्वस्त पारेको थियो। भूकम्पपछि ओपीडी भवन सर्जिकल ब्लकको निर्माण गरिएको थियो। २०७२ सालमाजापानी संस्था जाइकाले वीर अस्पतालको सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको थियो। वीरको सबैभन्दा पुरानो भवन ६० वर्ष पुरानो हो।

वीरको भावी योजना
पूर्ण सरकारी स्वामित्वमा सञ्चालनमा रहेको यो सरकारी अस्पतालअन्तर्राष्ट्रिय मापदण्डमा रहेर पाँच सय शैय्याको सर्जिकल भवन औपचारिक रूपमा सञ्चालनको तयारीमा रहेको छ। अहिले सर्जिकल भवनमा कोभिड १९ का बिरामीहरूलाई उपचार दिइरहेको छ। आजको दिनमा पनि १०२ जना कोभिड बिरामीको उपचार भइरहेको छ भने एक हजारसम्म कोभिड बिरामी राख्न सक्ने क्षमतामा अस्पताल रहेको छ।

कोभिड बिरामीका लागि एक सय शैय्या आईसीयू तयारी अवस्थामा रहेको र २ सय आईसीयूशैय्यासम्म सञ्चालन गर्न सकिनेवीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतम बताउँछन्। सर्जिकल वार्डमा नै १६ वटा अपरेशन थिएटर सञ्चालनमा ल्याउने तयारी रहेको छ। यस्तै, भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा एक हजार शैय्याको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ।

विशिष्टीकृत कक्ष महिनौं बन्द रहने
वीर अस्पतालमा उपचारका लागि जनरल वार्डदेखि विशिष्टकृत पाहुनाहरूको कक्ष पनि रहेको छ। तर, त्यहाँअहिले खासै चहलपहल भने देखिँदैन। मुलुकका विशिष्टीकृत दर्जामा रहेका व्यक्तिहरू उपचारका लागि कि त विदेश जाने गर्दछन् भने कि त निजी अस्पतालहरूमा भर्ना हुने गर्छन्। सर्वसाधारणका लागि उक्त कक्षको पहुँच छैन। राजतन्त्र हुँदासम्म उपचारका लागि पहिलो रोजाइ नै वीर अस्पताल हुने गरेको थियो। पछिल्लो समयमा डा. बाबुराम भट्टराईले उपचार गराएका थिए। त्यसपछि उक्त कक्ष खाली नै रहेको अस्पतालको भनाइ रहेको छ। 

वीरका सबै सेवा डिजिटलाइज गर्दैछौं
- प्रा.डा. जागेश्वर गौतम, प्रमुख प्रशासकीय अधिकारी, वीर अस्पताल

वीर अस्पताल कसरी अघि बढिरहेको छ?
सबैभन्दा पुरानो अस्पतालको रूपमा स्थापित यो अस्पताल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारणको सेवा समर्पित हुँदै आइरहेको छ। देशैभरिबाट आउने बिरामीहरू गरी दैनिक २५ सयभन्दा बढीलाई हामीले सेवा दिँदै आइरहेका छौं। सरकारले छुट गरेका १२ थरिका रोगदेखि अन्य सबै रोगको उपचार दक्ष चिकित्सकबाट गर्दै आइरहेका छौं। चिकित्सा क्षेत्रमा भएका आधुनिक प्रविधिको प्रयोग गरी सस्तो उपचार दिने एकमात्र अस्पतालको रूपमा वीर अस्पतालछ। यहाँ स्थापना भएको सामाजिक सुरक्षा इकाइले निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाउने र उनीहरूलाई उपचार दिने काम पनि गर्दै आइरहेको छ। कोही नभएकावेवारिसे विरामीहरूको पनि निःशुल्क नै उपचार हुँदै आइरहेको छ। दैनिक ५ देखि ६ जनाको वेवारिसे विरामीहरूको उपचार हुँदै पनि आइरहेको छ।स्थापनाको लामो इतिहास बोकेको अस्पतालको विकासक्रम कछुवा गतिमा भइरहेको भएपनि अहिले केही गति लिएको छ।

बिरामीले उपचारका लागि महिनौं कुर्नुपर्ने विषयलाई के भन्नुहुन्छ?
शुल्क महंगो भएरभन्दा पनि पूर्वाधारको अभावका कारण बिरामीहरूले कुर्नुपरेको गुनासो आउने गरेको छ। यही कुरालाई ध्यानमा राख्दै हामीले सर्जिकल बिल्डिङमा अपरेसन थिएटरलाई स्थानान्तरण गर्दैंछौं। अहिले सातवटा शल्यक्रिया कक्ष रहेकोमा त्यहाँ १६ वटासञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यो सञ्चालनपछि वीर अस्पतालको सेवा केही चुस्त हुने विश्वास हाम्रो छ। भीडभाड पनि केही कम हुने अपेक्षा गरिएको छ।

अस्पतालको आन्तरिक व्यवस्थापन सुधारमा के भन्नुहुन्छ?
सरकारी अस्पताल भन्नेबित्तिकै ट्वाइलेट गनाउने, रुखो बोल्ने कर्मचारी, अस्तव्यस्त कार्यप्रणाली पर्यायी नै बनेको छ। सरकारी सिस्टमले यहाँको व्यवस्था बिग्रिएको हो भने प्रशासन तन्त्र धेरै नै पोलिटिकलाइज भएको छ। यसबाट वीर अस्पताल पनि अछुतो रहन सकेको छैन। तर, यो भन्दै अस्पताल प्रशासनले यसलाई नियति नै हो भनेर चुप लागेर भने बसेको छैन। कर्मचारीहरूलाई अनुशासनमा बसेर दिएको काम पूरा गर्न खबरदारी नै गरिएको छ। उनीहरूलाई बानी सुधार्ने मौका पनि दिएका छौं। यदि नभए कारबाही गर्ने पनि हाम्रो तयारी रहेको छ। बिरामीको सहज पहुँचका लागि पनि अस्पताल प्रशासन सतर्क रहेको छ।

अस्पतालको आगामी कार्यक्रम के के छन् ?
चाँडै नै सर्जिकल भवनलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारीमा छौं। योसँगै केहीमृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी पनि भइरहेको छ। दुवाकोटमा एक हजार शैय्याको भवन निर्माणको प्रक्रियालाई पनि अगाडि बढाइने छ। यस्तै, यहाँका सेवाहरूलाई डिजिटलाइज गर्ने तयारीमा पनि अस्पताल प्रशासन रहेको छ। उपचार चाहने बिरामीहरूले घरबाट नै टिकट काट्न सक्ने, डाक्टर छान्न पाउनेजस्ता विषयलाई अहिले प्रतिस्पर्धी बजारमा आवश्यकछ। वीर अस्पताललाई आधुनिक सुविधासम्पन्न, व्यवस्थापनका हिसाबले संस्थालाई बलियो बनाउन, राम्रो सेवा दिनका लागि सधै तत्पर छौं।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.