७ लाखसहित ११ जुवाडे प्रहरी फन्दामा

७ लाखसहित ११ जुवाडे प्रहरी फन्दामा

काभ्रे : काभ्रेको बनेपा नगरपालिका खाल्चोकबाट प्रहरीले ११ जना जुवाडे पक्राउ गरिएको छ । उनीहरुको साथबाट सात लाख नगदसहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । 

उनीहरूलाई जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौरस्थित थोप्चेन तामाङको घरबाट पक्राउ गरिएको र उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ नगद बरामद गरिएको एसपी खत्रीले बताए।

घरको अण्डर ग्राउण्डको कोठामा तास खेलिरहेको अवस्थामा मंगलबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता,२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमती लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.