चर्को गर्मीमा ओलम्पिक भिडिरहेका खेलाडीले सोधे: यदी मैदानमै म मरेँ भने को जिम्मेवार हुन्छ ?

चर्को गर्मीमा ओलम्पिक भिडिरहेका खेलाडीले सोधे: यदी मैदानमै म मरेँ भने को जिम्मेवार हुन्छ ?

टोकियो: जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा चर्को गर्मीका बावजुद यतिबेला विश्वभरका खेलाडीहरु कडा प्रतिस्पर्धा गरिरहेका छन् ।

टेनिस खेलाडी डानिल मेदभेदेबले बुधबार दिएको अभिव्यक्तिले भने नयाँ तरंक पैदा गरिदिएको छ । मेदभेदेबले हालै यदी खेल मैदानमै आफ्नो मृत्यु भएमा को जिम्मेवार हुन्छ भनेर सोधेका छन् ।

इटालीका खेलाडी फाबियो फोग्निनी विरुद्ध तेस्रो चरणको पुरुष प्रतिस्पर्धामा भिडिरहेका मेदभेदेबले बुधबार सोधेका छन् 'यदी चर्को गर्मीले मेरो खेल मैदानमै मृत्यु भयो भने को जिम्मेवार हुन्छ?'

उनको यस्तो प्रश्नले प्रमुख अम्पायर कार्लोस रामोसले मेदभेदेबलाई उनले खेल निरन्तर गर्न सक्छन् कि सक्दैनन् भनेर सोधेका थिए । तर मेदभेदेबले जवाफ दिए "म लडाकु हुँ । म म्याच सक्नेछु । तर म मर्न पनि सक्छु," उनले भने "यदी म मरेँ भने अन्तर्राष्ट्रिय टेनिस महासंघ जवाफदेही हुन्छ ?"

बुधबार नै स्पेनिस खेलाडी पउला बादोसाले अत्याधिक गर्मीका कारण ह्वीलचियरमै बसेर क्वार्टर फाइनल छाड्नुपर्‍यो । चेक रिपब्लिककी खेलाडी मार्केटा बोन्द्रोसोबाविरुद्धको महिला एकल खेल गर्मीकै कारण त्याग्नुपरेको हो । पहिलो सेट हारेकी उनले दोस्रो सेट सुरु हुनुअघि नै मैदान छाडिन् । लामो उपचारपछि बादोसाले खेल निरन्तर गर्न पनि सकिनन् ।

"तपाइँहरु सबैले देखे झैँ मैले अत्याधिक गर्मी सामना गर्नुपरेको छ । र म प्रतिस्पर्धालाई निरन्तर गर्न फिट छैन," बादोसाले भनिन् । बादोसाले ओलम्पिकमा आफ्नो सहभागिताप्रति लज्जास्पद कुरा भएको समेत प्रतिक्रिया दिएकी छन् । तैपनि आफूले सम्भव भएसम्म गर्मीको सामना गर्दै खेल्न कोसिस गरेको बताइन् । तर बुधबार शरीरले गर्मी थेग्नै नसकेको उनको भनाइ थियो ।

टोकियोको तापक्रम बुधबार ८० फरेनहाइटसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार टोकियोमा अत्याधिक गर्मीले गर्दा ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुलाई जटिल बनाइरहेको छ ।

२५ वर्षीय मेदभेदेबले भने पहिलो सेटदेखि नै सहज महसुश गर्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले स्वास फेर्न समेत गाह्रो भएको बताएका थिए। जसले गर्दा मृत्यु हुनसक्ने प्रतिक्रिया दिए ।

"मैले त राम्ररी स्वास फेर्न समेत सकिनँ । मैले सोचेँ कि आज सबैभन्दा गर्मी दिन थियो," उनले भने । र दोस्रो सेटमा त मेदभेदेबले आफ्नो आँखामा अँध्यारो छाएको बताए । र मैदानमै ढल्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।

यति धेरै गर्मीमा बिहान ११ बजेको समयमा मैदानमा खेल्नु जटिल भएको मेदभेदेबले बताए । शनिबार विश्व नं १ खेलाडी नोभाक जोकोभिकले समेत यहाँको अवस्था डरलाग्दो भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.