पहिरोले पासाङल्हामु मार्ग अवरुद्ध : अस्थायी रुपमा सञ्चालनको पहल

पहिरोले पासाङल्हामु मार्ग अवरुद्ध : अस्थायी रुपमा सञ्चालनको पहल

नुवाकोट : अविरल वर्षासँगै आएको बाढीपहिरोले नुवाकोटमा पासाङल्हामु मार्ग अवरुद्ध भएको छ। पहिरोले छहरे–टोखा सडकमार्गसमेत बन्द गरेको छ। 

वर्षातसँगै आएको बाढीले सदरमुकाम विदुरमै मुल सडकमार्ग भासिनुका साथै सडक बगाउँदा यातायात ठप्प भएको छ। पासाङल्हामु मार्ग अन्तरगत त्रिशूली–बट्टार सडकमार्गको बीचमा रहेको नेपाली सेनाको व्यारेक नजिकै बाढीले सडकमार्ग बगाउनुका साथै पहिरो गएको हो। 

सो सडकखण्ड ठप्प भएपछि सम्बन्धित कार्यालयलाई मर्मतको कार्य सुरु गर्न निर्देशन दिइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। अवरुद्ध सडकमार्ग बिहीबार दिनभरमा अस्थायी रुपमा सुचारु गरिने उनको भनाइ छ। 

पहिरोले 'कज वे' पुल पनि बगाएको छ भने सो स्थानमा आवतजावत पूर्ण रुपमा ठप्प भएको छ। मुल सडक भासिएसँगै यात्रुवाहक तथा मालवाहक गाडीहरु पूर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

यातायात ठप्प भएसँगै रसुवागढी नाकाबाट नुवाकोट हुँदै काठमाडौ हिँडेका मालवाहक सवारी साधनको लाइन लागेको छ।  सो स्थानमा १० वर्ष अगाडि नै पक्की मोटरवेल पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको थिए । सडक मर्मत गरिंदा तीन दशक पुरानो अस्थायी कज वेलाई नै मर्मत गरेर छाडेको कारण बाढीले सडक बगाउनुका साथै सडक नै भासिएको स्थानीयवासी नारायणकुमार घलेले बताए। 

अविरल वर्षासँगै खसेको पहिराले विदुरदेखि ४५ किलोमिटर दुरीमा रहेको शिवपुरी गाउँपालिकाको गुरुङगाउँमा पनि सडक अवरुद्ध भएको छ।  दुवै सडकमार्गमा खसेको पहिरो पन्छाउने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.