पेद्रो कास्टियो : किसान पृष्ठभूमिका शिक्षक बने पेरुका राष्ट्रपति

पेद्रो कास्टियो : किसान पृष्ठभूमिका शिक्षक बने पेरुका राष्ट्रपति

लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापश्चात् पेद्रो कास्टियोले पेरुको राष्ट्रपतिका रूपमा शपथ लिएका छन्। उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ।

पेरुको एकदमै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेद्रो कास्टियोले खेतीपातीमा आफ्ना निरक्षर मातापितालाई सघाउँदै हुर्किएका थिए। उनी एउटा विद्यालयका शिक्षक र शिक्षक युनियनको नेता पनि हुन् ।

नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए। उनले प्राथमिकत विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका छन्।

कास्टियोले सन् २००२ देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। सन् २०१७ मा भएको शिक्षकहरूको आन्दोलनबाट उनी नेताको रूपमा उदाए। सहरी क्षेत्रमा खासै नचिनिएका भए पनि कास्टियो यो वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बने र पहिलो चरणको निर्वाचनमा विजयी भए र अन्य १७ उम्मेद्वारलाई दौडबाट बाहिर पारिदिए। त्यो धेरैको आशा विपरीत थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.