चिनियाँ अर्बपतिलाई १८ वर्ष जेल सजाय

चिनियाँ अर्बपतिलाई १८ वर्ष जेल सजाय

चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ। सन दावूले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन्।

६७ वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा बोलेका थिए।

झैझगडा शुरू गरेको र समस्या निम्त्याएको आरोपमा उनलाई दोषी पाइएको छ। त्यो आरोप प्रायः अधिकारकर्मीहरूमाथि लगाउने गरिएको छ। उनीमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्याएको लगायत छन्। उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.