चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्ने आफ्नो क्षमता वृद्धि गरिरहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन्। भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको छ।

अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। यो चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ।

निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ।गत महिना वाशिङ्टन पोस्ट समाचारपत्रले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको विवरण प्रकाशित गरेको थियो।

एफएएसले सोमवारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर–पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको बताएको छ।

सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोबर बनाउन लागेको बताएको थियो। यो विवरण अमेरिका र रुसबीच हतियार नियन्त्रणबारे छलफल सुरु हुने तयारी भइरहँदा आएको छ।

अमेरिकी र रुसी विदेश उपमन्त्रीहरूको छलफल रोकिएको परमाणु हतियार नियन्त्रण वार्ता सुरु गर्ने पहिलो चरणको रूपमा हेरिएको छ।चीनले भने अहिलेसम्म हतियार नियन्त्रण वार्तामा भाग लिएको छैन।

अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे ट्वीट गर्दै चिन्ता व्यक्त गरेको छ।

सन् २०२० मा चीनमा २०० भन्दा बढी परमाणु क्षेप्यास्त्रहरू थिए। चीनले त्यसलाई दोबर बनाउन खोजेको अमेरिकाको भनाइ थियो।

अमेरिकामा त्यस्ता ३,८०० क्षेप्यास्त्र रहेको विज्ञहरू बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.