अफगानिस्तानमा बाढीका कारण ६० भन्दा धेरैको मृत्यु, दर्जनौँ वेपत्ता र घाइते

अफगानिस्तानमा बाढीका कारण ६० भन्दा धेरैको मृत्यु, दर्जनौँ वेपत्ता र घाइते

काबुल: अफगानिस्तानको पूर्वी ग्रामिण क्षेत्रमा भीषण वर्षासँगै आएको बाढीका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

कमदेश क्षेत्रमा रातभरको वर्षासँगै आएको बाढीमा परी महिला र बालबालिका सहित कम्तिमा ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । थुप्रै घरहरु भत्किँदा यस क्षेत्रका दर्जनौँ मानिस वेपत्ता छन् । साथै केही घाइते समेत छन् ।

बाढी प्रभावित क्षेत्र अफगानिस्तानमा युद्धरत समूह तालिबान सरकारसँग लडिरहेको क्षेत्रको रुपमा पनि चिनिन्छ । स्थानीय मिडियाका अनुसार यस क्षेत्रमा उद्धारकर्मीहरु जान कठिन अवस्था छ ।

अफगान अधिकारीहरुले बाढीमा मृत्यु हुनेको संख्या ६० भनेका छन् भने तालिबानले १५० जनाको मृत्यु भएको दावी गरेको एपीको समाचारमा उल्लेख छ । कमदेस क्षेत्र रहेको नुरिस्तान प्रान्तका एक इन्जिनियरले अफगान पत्रकारहरुलाई दिएको जानकारी अनुसार यस क्षेत्रमा मृत्यु हुनेको संख्या २०० पुगिसकेको छ ।

यस्तै बाढी प्रभावित क्षेत्रमा तालिबानले उद्धार टोली पठाएको छ । साथै राहत सामग्री समेत वितरण गरेको बताइएको छ । तर उद्धारका लागि उनीहरुसँग के कस्ता उपकरण छन् भन्ने बारे यकिन छैन ।

अफगानिस्तानमा देशव्यापी रुपमा तालिबानले सरकारी फौजविरुद्ध पछिल्लो समय लडाइँ तिब्र पारेको छ । विशेषगरी ग्रामिण क्षेत्रका थुप्रै ठाउँ तालिबानले कब्जामा लिएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबान झन् सक्रिय बनेको बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.