कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुनौती

कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुनौती

कोरोना संक्रमणको तेस्रो लहर फैलने जोखिम बढेको छ। निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो। अहिले सरकारले नै १७ जिल्लालाई उच्च जोखिममा राखेको छ। दैनिक संक्रमित र मृतकको संख्या थपिएकाले केही जिल्लाका स्थानीय तहले निषेधाज्ञासमेत लगाउन सुरु गरेका छन्। दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौंको ज्यान लिएको थियो। पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको संक्रमण छिटो फैलँदा लक्षणसहितका संक्रमितसँगै मृतकको संख्या उच्च थियो। निरन्तरको निषेधाज्ञाले कोरोना संक्रमणदर घट्दै गएको समयमा पुनः खुकुलो पार्दा संक्रमण तेस्रो पटक फैलने चरणमा पुगेको छ। फरक–फरक समयमा कोरोनाको पनि नयाँ भेरियन्ट थपिने भएकाले अब फैलिए अझै जोखिम बढी हुने स्वास्थ्यविज्ञले चुनौति दिइरहेका छन्।

एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने हो। संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ। त्यसका लागि भरपर्दो विकल्प भनेकै खोप हो। तर, हालसम्म सबै उमेर समूहका नागरिकभन्दा जोखिममा बढी हुने निश्चित उमेर समूहकाले पनि पूर्णरूपमा खोप लगाउन पाएका छैनन्। कतिले पहिलो चरणको खोप लगाएको पाँच महिना बितिसक्दासमेत दोस्रो खोप लगाएका छैनन्। सरकारले तोकेको खोप लगाउने उमेर समूहले पनि भीडमा ठेलामठेल गर्दै खोप लगाउन जाँदा संक्रमण त्यहीँबाट फैलने जोखिम पनि उतिकै छ। धेरै नागरिक खोप केन्द्र टाढा हुँदा खोपबाट वञ्चित छन्। कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन्। सरकारले घर–घरमा गएर खोप लगाइदिने रणनीति तयार गरेको छैन। यो विषयमा कार्यविधि बनेको पनि छैन। त्यसकारण खोपबाट धेरै नागरिक अझै वञ्चित हुने सम्भावना छ।

खोप नपाउँदा संक्रमण र मृत्युदर पनि बढ्छ। खोप र स्वास्थ्य मापदण्डको अभावमा तेस्रो चरणमा फैलन सुरु भएको स्वास्थ्य विज्ञ दाबी गर्छन्। पछिल्लो तथ्यांकअनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ठूलो संख्यामा संक्रमित उपचारत छन्। अस्पतालका सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा बिरामी थपिने क्रम छ। संक्रमण निरन्तर फैलने क्रममा छ। सरकार र नागरिक अब पनि संवेदनशील नबन्ने हो भने यो महामारीले पुनः धेरैको ज्यान लिन सक्छ। अहिले कोरोनाको परीक्षणदर पनि घटेको छ। प्रयोगशालामा पहिलेको तुलनामा स्वाब परीक्षणका लागि न्यून संख्यामा मात्रै पुग्ने गरेको प्रदेशहरूबाट प्राप्त तथ्यांकले देखाउँछ। सहरभन्दा गाउँमा संक्रमित अझै बढ्दै छन्। गाउँसम्म परीक्षणको पहुँच नपुग्दा पहाडी र ग्रामीण क्षेत्रमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएकाको मृत्यु भएका समाचार पनि आइरहेका छन्। यसले नियन्त्रणमा चुनौति थपेको छ भने भुसको आगो जस्तै संक्रमण फैलँदो क्रममा छ।

कोरोना संक्रमणबाट नागरिकलाई बचाउन अब चाँडै सबैलाई खोप दिनुपर्छ। खोप उत्पादन गर्ने देश भारतसहित अन्य मुलुकमा पनि संक्रमण फैलँदा भारतमा उत्पादन भएको कोभिसिल्ड खोप केही नेपाली नागरिकले दोस्रो पटक पाएका छैनन्। यसको विकल्प के हुनसक्छ ? सरकारले समयमै निकास दिनुपर्छ। अमेरिका र चीनमा उत्पादन भएको खोप पनि वितरण प्रभावकारी बन्न सकेको छैन। सरकारले विलम्ब नगरी पुनः महामारी तिब्र रूपमा फैलनु अघिनै नागरिकलाई खोप लगाइसक्नु पर्छ। जुनै समय पनि संक्रमण बढ्न सक्ने भएकाले उपचारको तयारीमा ‘अलर्ट’ रहनुपर्ने अवस्था छ। पहिले उपचार गर्न बेड नपाएर संक्रमितलाई भुईँमै राखेर अक्सिजन दिनुपर्ने बाध्यता थियो। अब पुनः यो अवस्था आउनु भएन। समयमै अस्पतालका बेड, स्वास्थ्य सामग्री र जनशक्ति तयार पर्नुपर्छ। अब निषेधाज्ञा र लकडाउनलाई नियन्त्रणको विकल्प बनाउनेभन्दा सबैलाई खोप दिन सरकार गम्भीर रूपमा लाग्नुपर्छ र नागरिक आफैं पनि सचेत बन्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.