सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन

सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन

अस्ट्रेलिया सरकारले सिड्नीमा थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको संख्यामा सेना परिचालन गरेको छ। गत जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरियन्टका कारण झन्डै ३,००० मानिस संक्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ।

पाँच सातायता लकडाउन जारी रहे पनि देशको सबैभन्दा ठूलो सहर सिड्नीमा संक्रमण फैलिने क्रम जारी छ।

शुक्रवार थप १७० जनामा संक्रमण पुष्टि भएको छ। तर लकडाउन कार्यान्वयनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ। धेरै मानिसले त्यसलाई अनावश्यक मानेका छन्।

कम्तीमा अगस्ट २८ तारिखसम्म कायम रहने लकडाउनले मानिसलाई आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ।

अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू धेरै संक्रमण फैलिएका स्थानहरूमा लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिनेछन्। लकडाउनमा १० किलोमिटरभन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ।

स्टेट पुलिस मिनिस्टर डेभिड एलिअटले सिड्नीका केही मानिसले आफूहरूलाई नियम लागु नहुने ठान्ने भएकाले पछिल्लो कदम सहयोगी हुने बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.