मदन पुरस्कार-२०७७ का लागि उत्कृष्ट ९ कृतिको सूची सार्वजनिक

मदन पुरस्कार-२०७७ का लागि उत्कृष्ट ९ कृतिको सूची सार्वजनिक

काठमाडौँ: मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि उत्कृष्ट ९ कृति छनोट गरेको छ ।

पुरस्कारका लागि प्राप्त भएका २ सय २२ वटा पुस्तकहरुमध्ये गुठीले ९ वटा उत्कृष्ट कृति छानेको हो । गुठीको उत्कृष्ट १० कृति छान्न गठन भएको समितिले ९ वटा कृतिको सूची सिफारिस गरेको थियो । गुठीले ती कृति र लेखकको नामको सूची शुक्रबार सार्वजनिक गरेको विज्ञप्ति मार्फत जनाएको छ।

छनोट भएका पुस्तकहरुमा केशव दाहालको ‘मोक्षभूमि’, कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’, प्रभा बरालको ‘फिलिङ्गो’, गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, भैरव बहादुर थापाको ‘नृत्याक्षर विज्ञान’ छन्।

अब तिनै ९ कृतिमध्ये उत्कृष्ट एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार अर्पण गरिने बताइएको छ । अघिल्लो वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाको 'महारानी' पुरस्कृत भएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.