कर्णालीमा दम्पत्ती बेपत्ता

कर्णालीमा दम्पत्ती बेपत्ता

धनगढीः नेपालगञ्जबाट उपचार गरेर घर फर्किरहेको एक दम्पती कर्णालीमा बेपत्ता भएको छ ।

डडेल्धुरा घर भइ डोटीको आर्दश गाउँपालिकामा बस्दैआएका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी कर्णालीमा बेपत्ता भएका हुन् ।

शुक्रबार नेपालगञ्जबाट घर फर्किने बेला चिसापानी क्षेत्र घुम्न जाने क्रममा चन्द्र प्रकाश आफैँले चलाई राखेको बा ११ च ९२८ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना भएको हो । उपचार गरेर फर्किरहेका चन्द्र प्रकाशले चिसापामी भन्दा उत्तरतिर रहेको पितमारी भन्ने स्थानमा बच्चाहरुलाई घुमाउन लगेका थिए ।

पितमारी भन्दा झण्डै दुई किलोमिटर उत्तरतिर गाडी ब्याक गर्नेक्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी कर्णालीमा बेपत्ता छन् ।

गाडीमा रहेकी उनकी १२ वर्षकी छोरी लक्ष्मी जोशी, ५ वर्षकी सावित्री र ३ वर्षका भुवन जोशी घाइते भएका छन् । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले बताए । तीनै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले नदीबाट गाडीका केही टुक्रा निकालिएको जनाएको छ । ‘गाडी टुक्रा टुक्रा भएको छ, पिकअपको पछाडीको डाला निकालिएको छ’ पानी बढी भएकाले निकाल्न सकिएको छैन, बेपत्ता दम्पत्ती भने फेला परेका छैनन’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले भने ।

सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र नजिकै रहेको गोरंगे ब्यारेकबाट नेपाली सेनाको टोलीले वेपत्ता दम्पत्तीको खोजी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.