'खेली रोइला गीत होइन'

'खेली रोइला गीत होइन'

स्याङ्जा : 

भोली पनि आए,
गैरीजाँगर तरेर

नफर्कनी गरेर ।।

   ए दाइ १ धन्नै आउनु भयो
   उकाली पाई सुसाउदै,
   गामका कुकुर भुकाउँदै ।। 

ढुङगी राखे चिनो
स्याउली राखे कुइएला
जाँ पुइएला पुइएला ।।

सुन्दा भजन टुक्का झैं लाग्ने। छोटा छोटा भाकामा यस्तै खालका सवाल जवाफ गरेर दोहोरी गाइने गीत खेली हो। यसलाई रोइला पनि भनिन्छ। विगतका वर्षमा रोइला गीत परिचित थियो। तर, आजकल रोइला नै खेली हो भनेर अनुसन्धानले पुष्टि गरेको अनुसन्धानकर्ता दावी गर्छन्। 

यो गीत विशेषगरी तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र अर्थात् अहिले गण्डकी प्रदेश, खेली गीतको उदगम थलो मानिन्छ। प्रायजसोः ब्राह्मण र क्षेत्री जातीले धर्मकर्म, पूजापाठमा गाउने गर्थे। अन्य जातीले पनि रोधी बस्दा र घाँस दाउरा गर्दा समेत खेली गाउने प्रचलन थियो। तर, अहिले यी गीत कमै सुनिन्छन्। 

बाह्रमासे गीतका रुपमा खेलीलाई लिइन्छ। खेली गीत रोइला, चुट्का पनि हुन। हाँस्दै खेल्दै रमाइलो गर्दै गाइने भएकाले खेली भनिएको भन्छन् लोक संस्कृतिका अनुसन्धानमा क्रियाशिल तुलसी प्रभास। 

पछिल्ला दिनमा खेली कमै गाउन थालिएको छ। पुराना पुस्ता हराउँदै गए। नयाँ पुस्तामा चासो देखिदैन। केही वर्षअघि सामान्य पूजाआजा र सामूहिक भेटघाटपछि गाएर मनोरञ्जन लिने खेली गीत अहिले सुन्न छाडेका छन्। विशेष परिस्थितिमा मात्र गाउने चलन बनेको छ। पहिला जस्तो सहजै सुन्न पाइदैन आजकल। लोप हुने अवस्थामा पुगेको खेली।

लोकसंस्कृति खेलीसँगै आँधीखोले सभ्यता जोडिएको छ। खासगरी बाजाका रुपमा मुजुरा, खैँजडी, मादल बजाउने गरिन्छ। मनोभावको गहिराइसम्म डुबेर गाइने हुँदा यी गीतमा प्रेम, करुणा, दया, भक्तिभाव भेटिन्छन्। न त गीतमा कृत्रिम पन देखिन्छन, न त गाउने, बजाउने, नाच्ने र सहभागीमा कृत्रिम श्रुंगार नै। गाउँले परिवेश र जमघटका बेला जे जस्तो अवस्थामा छ। त्यहीबाट सुरु गरिन्छन् यी गीतहरु भन्छन् साहित्यकार तुलसी खनाल ‘प्रभास’।

गाउँ गाउँमा पुगेर लोकसंस्कृतिको संरक्षणका लागि सहयोग, संरक्षण र सम्बद्र्धन गर्दे अनुसन्धानमा जुटेका स्याङजाका साहित्यकार प्रभासले नेपाली खेली गीत रस विधान विषयमा हालसालै विद्यावारिधी (पिएचडी) गरे। 

भीरकोट नगरपालिका ८ घर भएका प्रभास लोकसंस्कृती तर्फको खेली गीतमा विद्यावारिधी गर्ने पहिलो व्यक्ति हुन्। उनले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी गरेको जनाए।
 
लामो समयको खोजअनुसन्धान, मेहनतको निरन्तरता र अग्रजका सहयोगले सफलता पाएको उनले सुनाए। गण्डकी र लुम्बिनी प्रदेशका ९ जिल्लालाई अनुसन्धान क्षेत्र बनाएर उनले अनुसन्धान गरेको जनाए। 

स्याङजा, कास्की, पाल्पा, गुल्मी, पर्वत, अर्घाखाँची , रुपन्देही, कपिलवस्तु , नवलपरासी जिल्लामा पुगेर लोप हुन लागेको खेलीका बारेमा अनुसन्धान गरे। खेली गीतप्रेमीलाई प्रोत्साहित बनाए। अनुसन्धानकै बेला ३६ ठाउँमा पुगेर १ हजार ३२ वटा टुक्का संग्रह गरेर  सुरक्षित राखेको उनका भनाइ छन्। 

यसका साथै उनले ६० भन्दाबढी जातजातीका जातीय संस्कार बारेमा अनुसन्धान गरेको दावी गरे। गण्डकी प्रदेशमा ८० भन्दा बढी जातजाती बस्ने भनिएता पनि यहाँ मुख्यतः बस्ने ६० जातजाती भएको उनको भनाइ छ। 

खेली गीतलाई रोइला भन्ने गरेकोमा प्रभासले आपत्ति राख्छन्। उनी भन्छन्, ‘रोइला भनेर गाउने गीत रोदनयुक्त हुन्छ भने खेलीमा हाँसीखेली गाइन्छ। अब, खेली भन्नेगरी अनुसन्धानबाट पुष्टि भइसकेको छ।’ 

छोटा भाकामा टुक्का, लोकभजन, गीतहरु जुनसुकै समय र तिथीमा गाउन सकिन्छ।  स्याङजा जिल्ला नै उदगम थलो हो। आँधीखोला र यस जिल्लाका आसपासका पैयु, गुल्मी, कास्की जिल्ला लगायत वपपरका जिल्लामा पनि खेली गाउने प्रचलन छ। 

मानव सभ्यतासँगै रोइला गीतको प्रारम्भ भएको भन्ने भनाइ छ। इतिहास भेटिदैन। जब मानिसले बसोवास, घरजम र खेती गर्न थाले तबदेखि खेली र रोइला गाउन थालेको भन्ने बढापाको भनाइ छ।

जनजीब्रोले पचाइसकेको लोकप्रिय र रमाइलो गर्दै हाँस्दै खेल्दै गाउने गीत नै खेली हो। सबै नेपालीका मन मनमा बसेको लोकसंस्कृतीलाई जीवन्त राख्न र आउँदा पुस्तालाई जस्ताकोत्यस्तै हस्तान्तरण गर्न हामी सबैको दायित्व रहेको डा. तुलसी प्रभास भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.