सुजिता प्रकरण: बुवाकै संलग्‍नतामा परिवारसहित मिलेर हत्या, ७ जना पक्राउ

सुजिता प्रकरण: बुवाकै संलग्‍नतामा परिवारसहित मिलेर हत्या, ७ जना पक्राउ

जनकपुरधाम : सामाजिक मूल्य मान्यता विपरित सम्बन्धको कारण सुजिताको हत्या भएको रहस्य खुलेको छ। सुजिता हत्या प्रकरणमा मृतकका बुवा कामेश्वर पाण्डेको मौन समर्थनमा देवर रुपेश ठाकुरसहित परिवारजनको अन्य व्यक्तिहरुले संलग्नतामा सुजिताको हत्या भएको खुलेको हो।  

सुजिता दिनुहँजसो घरबाट बाहिर आउने–जाने र माग गरे बमोजिम पैसा नदिदा दिनहुँ झै–झगडा हुने समस्याका कारण आजित भएर परिवारकै मिलोमत्तोमा हत्या भएको अनुसन्धानबाट खुलेको हो। ‘घरपरिवारको प्रतिष्ठामा आँच आउने, पटक–पटक गरेको सम्झाउँदा नसम्झने तथा बाहिर जान आउन पटक–पटक पैसाको लागि ताकेता गर्ने, पैसा नदिदा दिनहुँ परिवारका सदस्यहरुसंग झै–झगडा गर्ने समस्याले आजित भएर हत्या गरेको देखिन्छ’ महोत्तरीका प्रहरी उपरिक्षक दिनेश थपलियाले भने, ‘अन्य व्यक्तिहरुसंगको सम्बन्धका कारण परिवारको ईज्जत, प्रतिष्ठा दाउँमा लागेका विवश भएर हत्या गरेको प्रहरी समक्ष कामेश्वर पाण्डेले बयान दिएको छ, बुवा कामेश्वरले नै छोरी सुजिताको हत्याको लागि देवर रुपेश ठाकुरलाई उक्साएको देखिन्छ, पछि दुवैको आपसी सहमतिमा योजना बनाएर हत्या गरिएको हो।’

सुजिता हत्याको घटनामा सुरुदेखि अनुसन्धानमा संलग्न महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले घटनाले नयाँ मोड लिएको बताउँदै घटनामा मृतकका आफ्नै बुवा संलग्न देखिएको बताए। उनले भने, ‘कामेश्वर पाण्डेले छोरी सुजितालाई मार्न उनको देवर रुपेशलाई पटक–पटक फोन मार्फत मार्नुपर्छ भन्ने कुरा अनुसन्धानको क्रममा कल रेकर्डबाट प्राप्त भएको छ। देवर रुपेशसहित परिवारका अन्य सदस्यहरुसँग सुजिताको हत्या लुकाउन नाती–नातीनाको नाममा पैसा र धनसम्पति गरिदिए घटनालाई ढाकछोपमा सहयोग गर्न बार्गेनिङ्ग समेत भएको छ।’ सुजिताको हत्या अघि र पछि कामेश्वरलाई हरेक कुरा जानकारी फोन संवादमार्फत हुने गरेको प्रहरीको भनाई छ।

गत जेठ २० गते देवर रुपेशसहित परिवारका सदस्यहरुको संलग्नतामा सुजिताकै कोठामा मुक्कै मुक्काको प्रहार गरी घरको भित्तामा टाउको ठोकाई बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको खुलेको थियो। हत्यापश्चात नन्द अजु ठाकुर (चौधरी)लाई फोन गरेर योजना अनुरुप काम सम्पन्न भएको भनी फोनमार्फत जानकारी गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। ‘हत्या अघि र हत्या पछि सबैकुरा सबैलाई थाहा थियो, तर घटना लुकाउन सबैले मुख बन्द गरे, घटना लुकाउन भुमिका निर्वाह गरेकोले पक्राउ गरिएको हो, थप अनुसन्धान हुँदैछ थप कुराहरु बाहिर आउँछ। त्यसैले सबै अनुसन्धानका कुराहरु खुलाउन मिल्दैन।’ 

सुजिताको हत्या अनुसन्धान खटिएका प्रहरी अधिकारी विष्टले भने, ‘सुजिता हत्या पश्चात शव खेतमा गाडेर गन्हाउन थालेपछि शवलाई स्थानान्तरण गरेको देखियो। मान्छेहरु खोजतलास गर्न थालेपछि र समय बित्दै जानुले शव गन्हाउनु र प्रहरीको सक्रियतामा शव खोजविन हुनुले अतालिएर जेष्ठ २९ गते उत्खनन गरी शव स्थानान्तरण गरिएको थियो। शवलाई खनेर खेतबाट ५ सय मिटरको दुरीमा रहेको पेट्रोल पम्पको छेउमा काठको गोदामको ९ फिटको सेफ्टि टयाङकमा गाडेर प्लाष्टर ढलाई गरी घटना लुकाउन खोजेको काठको गोलिया बाहिरबाट राखेको देखिन्छ।’ 

गत जेठ १३ गते प्रहरी चौकी भ्रमरपुरा, मृतकका भाई शिवम पाण्डे र सामाजिक अभियन्ता गुञ्जा रायको सक्रियतामा उनकै खेतबाट शवका अवशेषहरु बरामद भएको थियो। सोही अवशेषको आधारमा अनुसन्धान हुँदा शव लुकाइएको स्थानसम्म प्रहरी पुग्न सफल भएको थियो। 

हत्यामा संलग्न ७ पक्राउ
हत्यामा सुजिताको शव लुकाउन तथा सेफ्टि टयाङकमा गाड्न सहयोग गरेको आरोपमा जनकपुरधाम उप–महानगरपालिका-१४ कुटी पोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद मण्डल भनिने विनोद मण्डल, मृतकका बुवा महोत्तरी पिपरा गाउँपालिका ६ रतौली बस्ने ५० वर्षीय कामेश्वर पाण्डे र महोत्तरीको भंगहा नगरपालिका ९ कविलाशी बस्ने रुपेश ठाकुरको दिदी अञ्जु ठाकुर (चौधरी) पक्राउ परेकी छन्। पक्राउ परेका उनीहरु सबैले घटनाको विवरण जानकारी हुँदा समेत लुकाउन भुमिका खेलेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। 

यसअघि प्रहरीले मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहरपट्टी ७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईसकिएको प्रहरीको भनाई छ। पक्राउ गरी अनुसन्धानबाट घटनामा दोषि नदेखिएका मृतकको पति ३१ वर्षीय मुकेश ठाकुललाई यसअघि नै थुनामुक्त गरिसकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.