सन्धिखर्कमा प्रहरीको सर्च अपरेसन : चोरीका सामानसहित संगठित गिरोह पक्राउ

सन्धिखर्कमा प्रहरीको सर्च अपरेसन :  चोरीका सामानसहित संगठित गिरोह पक्राउ

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्कलगायतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानको क्रममा चोरीमा हराएका सामाग्रीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोसन नेपालीसहित १७,१५,१३ र १२ वर्षका चारजना बालक पनि रहेका छन् । 

सन्धिखर्क नगरपालिका वडा नम्वर १ कौ बैंकरोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पशलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । 

उनीहरुको साथबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल, घडी, तथा विभिन्न किराना सामानसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई चोरी मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताएका छन् ।

उनीहरुले श्रावण महिनामा सन्धिखर्क ११ जोगिमारेका राजकुमार सुनारको सुनचाँदी पशलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप, बुद्धिबहादुर सेजवालको किराना पसलबाट विभिन्न किराना सामान, हिमबहादुर सेजवालको पसलबाट ५० थरीका किराना सामान र सन्धिखर्कको बैंक रोडमा रहेको बाबुराम नेपालीको पसलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल सेट र १५ सयको रिचार्जकार्ड चोरी गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.