अफगानिस्तान: रक्षामन्त्रीको घरनजिकै शक्तिशाली विस्फोट, मन्त्रीसहित सयौँ परिवार सुरक्षित स्थानमा भागे

अफगानिस्तान: रक्षामन्त्रीको घरनजिकै शक्तिशाली विस्फोट, मन्त्रीसहित सयौँ परिवार सुरक्षित स्थानमा भागे

काबुल: अफगानिस्तानको राजधानी काबुलमा मंगलबार दुई घण्टा भन्दा कम अवधिमा चारवटा विस्फोट भएका छन् ।

पहिले साना विस्फोट भए पनि पछिल्लो विस्फोट शक्तिशाली भएको बताइएको छ । दोस्रो विस्फोट सहरको मुख्य भागमा भएको थियो ।

अमेरिकी दूतावास सहित विभिन्न कुटनीतिक नियोगका कार्यालय भएको उच्च सुरक्षा क्षेत्रको रुपमा लिइने ग्रीन जोनमा दोस्रो विस्फोट भएको स्थानीय मिडियाले जनाएका छन् ।

पछिल्लो शक्तिशाली विस्फोट अफगान रक्षामन्त्री बिस्मिल्लाही मोहम्मदीको निवास नजिकै गरिएको बताइएको छ । रक्षामन्त्री मोहम्मदीले ट्वीट गर्दै आफू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । तर पछिल्लो समय रक्षामन्त्रीको परिवार सँगै यस क्षेत्रका सयौँ परिवार सुरक्षित स्थानतर्फ गएका छन् ।

उक्त विस्फोट यहाँस्थित एक सांसदको निवासलाई लक्षित गर्दै गरिएको एक वरिष्ठ सुरक्षा अधिकारीले अलजजीरालाई बताएका छन् । गृहमन्त्रालयका प्रवक्ता मिरवाइस स्तानेकजाइका अनुसार हतियारधारी समूह यस क्षेत्रमा प्रवेश गरेर विस्फोट गराएका थिए ।

साथै यस क्रममा केही सुरक्षाकर्मी समेत मारिएको बताइन्छ । र हतियारधारी समूहका केही लडाकुहरु यहाँका घरभित्र लुकेको हुनसक्ने आशंका समेत गरिएको छ । श्रृंखलावद्ध विस्फोटमा कम्तिमा १० जना घाइते छन् । तर घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

अमेरिकाले आफ्ना सबै सैनिक फिर्ता लैजानुअघि नै अगानिस्तानमा सशस्त्र समूह तालिबानले तिब्र रुपमा कब्जा जमाउँदै थियो । अधिकांश क्षेत्र तालिबानले कब्जा गर्दैआएको जनाएको छ । यद्यपि कतिपय लेखक तथा विश्लेषकहरुले अमेरिकी सेना फिर्ता लैजान नहुने पक्षमा आफ्नो मत जाहेर गर्दैआएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.