गोर्खालीको बलिउड सफलता

गोर्खालीको बलिउड सफलता

भारतको पश्चिम बंगाल राज्यको सानो पहाडी सहर कालिम्पोङ ।नेवार परिवारका अभिभावक एचकेप्रधान त्यही कालिम्पोङको चोकबजारमासानो फोटो स्टुडियो चलाउँथे । बुबासँगै उनी हिँड्न सक्ने भएपछि स्टुडियोमा जाँदाजाँदै फोटो खिच्ने गरेको बक्सक्यामेरा चलाए पहिलो पटक । बाबुले यसरी खिच्नुपर्छ फोटो भनेपछि उनी छक्क पर्दै त्यसरी नै क्लिक क्लिकगर्न थाले । यही किशोर वयदेखि नै उनलाई क्यामेरासित प्रेम बसेको हो । त्यतिखेर श्यामश्वेत फोटोको जमाना थियो तर उनले त्यस श्यामश्वेत फोटोलाई पानीरंगमा मिश्रण गरेर रंगीन रूप पनि दिए ।

छोराले खिचेकाफोटालाईस्टुडियोको सोकेशमा सजाए। छोरासित खुसी हुँदै बक्स क्यामेराको साटो त्यतिखेरको चर्चित क्यामेरा पेन्टेक्स दिए । जसबाट छोराले सुनौलो भविष्य कोर्न सके । तिनै चौध वर्षका किशोर छोरा थिए आजका बलिउडका उत्कृष्ठ छायाँकार विनोद प्रधान । विनोदलाई अब फोटोग्राफीको भोक औधिजाग्यो तर भारतको सानो पहाडी गाउँ कालिम्पोङमा त्यस्ता सुविधाथिएनन् । कसैले उनलाई भारतको पुनामा रहेको एफटीआईआई अर्थात् फिल्म एण्ड टेलिभिजन टे«निङ इन्स्टिच्युट अफ इन्डियामा फोटोग्राफीको विश्वविद्यालय स्तरको व्यावहारिक पढाइहुन्छ भनेर सुनाइदिए । उनलाई कहिले त्यहाँ पुगेर भोक शान्त गरौं भन्ने हुटहुटीले पोल्न थाल्यो ।प्रतिभालाई चिनेका बुबा एचकेले छोरालाई पुना पुर्‍याए । त्यहाँको तीन बर्से फोटोग्राफी संकायमा उनलाई भर्ना गरिदिए । अत्यन्त मेहनत गरेर उनले त्यहाँबाट छायांकनको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्राप्त गरे ।

अचानक उनलाई सुखद् परिस्थिति पनि आइलाग्यो । उनको अन्तिम प्रयोगात्मक परीक्षामा त्यतिखेरको बम्बईका चर्चित निर्देशक प्रेमसागर परीक्षक भएर आएका थिए । उनले विनोदको क्षमतामा त्यस्तो अद्वितीय गुण पाए जसले गर्दा सिनेमा निर्माण कम्पनी सागर आर्टस्मा निर्देशन सहायकका रूपमा रहने गरी उनलाई अनुबन्ध गरे । आर्टस्का प्रस्तुतिहरू चरस र रामभरोसेमा उनले सहायक भएर कार्य गरे जसमा धर्मेन्द्र तथा हेमा मालिनीजस्ता त्यतिखेरका स्टारसँग भेट भयो ।कुनै विशेष जिम्मेवारीबिनै खाली प्रकाश व्यवस्थापनमा सहयोग गर्नु भन्ने प्रेमसागरको भनाइले सधैं नयाँ नयाँ खोज र कार्य गर्न तल्लीन बनायो । विनोदलाई अन्य बाटाखोज्दै गए । यसैक्रममा त्यतिखेरका जल्दाबल्दा छायाँकार एके वीरसित उनको भेट भयो । जसले प्रधानबाट प्रभावित भएर उनलाई घरोडा नामक सिनेमामासहायकका रूपमा अनुबन्ध गरे । यसबाट उनको पहिचान र परिचयको सुन्दर रेखा कोरिन पुग्यो ।

व्यस्तसरह बम्बईमा सिनेमामा भाग्य अजमाउन त्यहाँ जानेहरूथुप्रैथिए विनोदजस्ता । उनलाई गतिलो काम तत्कालै मिल्न सकेन । दुर्गा खोटे प्रोडक्सनका केही वृत्तचित्र तथा केही विज्ञापनका छायांकन कार्यहरूले उनको सीप सुधार्न मद्दत गरे । भारतको तल्लो जात भनिने बम्बइको कच्छी समुदायमा बस्थे। रहँदा बस्दा त्यही कच्छी परिवारकी डली नामक युवतीसितको भेटले उनको जीवनमा नयाँ मोड ल्यायो । डलीसितको उनको परिचय र मित्रता प्रेममा परिणत भयो । डलीका बाबुआमाले उनीहरूको प्रेम र विवाहमा सहमति नजनाएपछि उनीहरू भागेर कालिम्पोङ गई विवाह गरे । दुई छोरा भएहुर्किदै गए । उनले मणि कौलसित मिलेर काशीराम कोतवाल र जब्बर पटेलसित जैत रे जैतमा काम पाए । केही असमिया सिनेमाको छायांकन पनि उनले गरे । पुनामा पढ्दाका उनका सहपाठी कुन्दन शाहले आफ्नो सिनेमा जाने भी तो दो यारेका लागि एफटीआईआईकै उत्पादनहरूलाई एकत्रित गरेपछि विनोदकोजिन्दगीले नयाँ गन्तव्य पायो ।

सन् १९७६ मा घासीराम कोतवालको छायांकनबाट सुरु भएको उनको सिनेमेटोग्राफीको यात्राले १९८३ मा जाने भी दो यारोमा पुगेपछि बलिउडले उनको प्रतिभा चिन्यो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । खामोस,परिन्दा,राजु बनगया जेन्टलमेन,२०४२ अ लभ स्टोरी,देवदास,मुन्ना भाइ एमबीबीयस, रंगदे वसन्ती तथा मिसन काश्मिर जस्ता बलिउडका ब्लकबस्टर सिनेमाहरू उनका रहे । चारचार पटक भारतको प्रख्यात फिल्मफेयर अवार्ड चुम्ने उनका सिनेमाहरू थिए देवदास,रंग दे वसन्ती,भाग मिल्खा भाग र मिसन काश्मिर । स्क्रिन विक्ली अवार्ड उनले छ पटक पाए भने जी सिनेमा अवार्ड तीन पटक । एउटा नेपाली मूलका भारतीय विनोद प्रधानको यो अपत्यारिलो सफलता हात पारेका हुन् ।मिसन काश्मिर,करी र २०४२ अ लभ स्टोरीमा उनले सहायकनिर्देशककोकार्य सम्पादन गरेका छन् भने सन् २०१५ मा उनले पूर्ण निर्देशन गरे वेडिङ पल्लवको । यसबाहेक भारतमै बनेको पाहुना नामक नेपाली चलचित्रमा उनको अभिनय पनि रहेको छ ।

भारतको हैदरावादस्थित राई युनिभर्सिटीले उनलाई दिएको मानार्थ विद्यावारिधिबाट पनि उनको योगदानको थप आकलन गर्न सकिन्छ । ४४ वर्षको सिनेयात्रामा बलिउडकाचार दर्जनभन्दा बढी सिनेमामा उनको छायांकन कार्य रह्यो । ऐश्वर्य रायदेखि शाहरुख खान,अमीर खान तथा माधुरी दीक्षित आदिसित प्रधानले काम गरे । तर नसरुद्दिन शाहसितको सहकार्यलाई उनी जीवनको महत्वपूर्ण क्षण ठान्दछन् ।नेपाली सिनेमामा पनि विनोदको उल्लेखनीय उपस्थिति छ । संख्यात्मकहिसाबले थोरै रहे पनि उनले जति छायांकन गरे तीसबै व्यावसायिक हिसावले औधि सफल रहे । लाहुरे,कुसुमे रुमाल,सम्झना,सपना तथा तृष्णा उनका छायांकित कृतिहुन् ।
०००
भारतको हैदरावादस्थित राई युनिभर्सिटीले दिएको मानार्थ विद्यावारिधिबाट पनि विनोद प्रधानको योगदानको थप आँकलन गर्न सकिन्छ । ४४ वर्षको सिनेयात्रामा बलिउडकाचार दर्जनभन्दा बढी सिनेमामा उनको छायांकन कार्य रह्यो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.