बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढेको बताइएको छ । मंगलबार त्यसअघिको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३८ जनाको ज्यान गएको छ । बेलायतमा यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि मार्च १७ पछि मंगलबार सबैभन्दा बढीको ज्यान गएको थियो ।
बेलायतमा पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । त्यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्ला केही हप्तामा फेरि नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको छ ।
त्यसैगरी बेलायतमा गएको २४ घण्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो ।
यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् ।