चोरीको सामान सहित तीनजना पक्राउ

चोरीको सामान सहित तीनजना पक्राउ

ओखलढुंगा :  ठूलो परिमाणमा नगद र जिन्सीसहित तीनजना पक्राउ परेका छन्। ती युवालाई प्रहरीले चोरीको सामाग्रीसहित पक्राउ गरेको हो। 

साउन १० गते राती सुनकोशी गाउँपालिका ७ बस्ने विरेन्द्र कटुवालाको किराना पसल चोरी भएको थियो। सो पसलबाट चोरी भएको सामानसहित तीनजना अभियुक्त मंगलबार पक्राउ परेका हुन्। 

उनीहरुलाई सिन्धुलीबाट पक्राउ गरी प्रहरीले ल्याएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए। पक्राउ पर्नेमा सुनकोशी गापा ७ का १९ वर्षीय सरगम बस्नेत, सुनकोशी गापा ८ का २० वर्षीय सूर्यबहादुर कटवाल र सुनकोशी गापा ७ का आशीष कटवाल रहेका छन्।

उनीहरुको साथबाट नेपाल टेलिकमको रिचार्ज कार्ड एक सयको दरको २ सय ८४ थान, टेलिकमकै ५० दरको रिचार्ज कार्ड ९० र एनसेलको ५० दरको रिचार्ज ३१ थान बरामद गरिएको छ। त्यसै गरी मोबाइल ४ थान, सिमकार्ड ५ थान, सुनजस्तो देखिने पहेंलो धातु ५ तोला बरामद भएको छ। नगद ८० हजार ८ सय ८० रुपैयाँ, भारु तीन हजार १ सय ७० रुपैयाँ र विदेशी पैसा १ हजार रहेको छ। जम्मा ७ लाख बराबरको सामाग्री बरामद गरिएको प्रहरीको भनाइ छ। 

राती पसलको आग्लो खोलेर चोरी भएको थियो। चोरी भएको रिचार्ज कार्ड प्रयोग भएको नम्बरको आधारमा मोबाइल ट्रयाकिङ गरेर उनीहरुलाई पक्राउ गरिएको डिएसपी  काफ्लेले बताए। प्रहरीसँगको बयानमा उनीहरुले चोरी गरेको स्वीकारेका छन्। अभियुक्तलाई चोरीडाका अभियोगमा मुद्दा चलाइने प्रहरीको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.