अलैंची निर्यातमा नेपाल

अलैंची निर्यातमा नेपाल

ईलाम, पाँचथर, धनकुटा, संखुवासभा र भोजपुर अलैंची उत्पादनका लागि प्रमुख जिल्ला हुन्।


नेपालमा उत्पादन हुने वस्तुमध्ये पहिलो नम्बरमा रहेको अलैंचीको निर्यात यस वर्ष  दोब्बर भएको छ। अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएपछि निर्यातमा दोब्बरले वृद्धि भएको हो। भन्सार विभागको तथ्यांकअनुसार, चालू आर्थिक२०७७÷७८ को ११ महिनामा निर्यातमा ९३.७ प्रतिशतले बढेर ६ अर्ब ७० करोड ३७ लाख ८० हजार रुपैयाँको ८४ लाख ४८ हजार ९ सय ३७ किलो निर्यात भएको देखिन्छ। अघिल्लो वर्ष सोही अवधिमा तीन अर्ब ४६ करोड १० लाख ४२ हजार रुपैयाँ बराबरको ४३ लाख ९ हजार ५०३ केजी निर्यात भएको थियो।नेपालमा १५ हजार चार सय हेक्टर जमिनमा यसको खेती हुने गरेको छ। व्यवसायीका अनुसार, मुलुकमा वार्षिक पाँच हजार टन अलैंची उत्पादन हुने गर्छ।  केहीवर्षदेखि नेपालमा निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको देखिन्छ। वैशाखमा प्रतिमन २३ हजार रुपैयाँमा खरिदबिक्री भएको अलैंची अहिले ३४ हजार रुपैयाँ पुगेको छ।

कोरोना महामारीको समयमा नेपाली अलैंचीले राम्रो मूल्य पाएको छ। विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन्। स्मरण रहोस्,कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन। अलैंचीको खपत राम्रो हुने मुस्लिम देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो। तर, यस वर्ष त्यो अवस्था छैन। मुस्लिम देशहरू विशेषगरी पाकिस्तानबाट अलैंचीको माग उच्चछ। कोरोनाका कारण पोहोर मुस्लिम देशहरूले इद पर्व राम्ररी मनाउन पाएनन्। यो वर्ष ती देशमा कोभिडको त्यति ठूलो संकट छैन। त्यसकारण पनि यो वर्ष नेपाली अलैंचीको माग बढेर गएको हो।
खडेरीका कारण यस वर्ष औंल भेगका अलैंचीमा डढुवा रोगले क्षति पुर्‍याएको छ। डढुवाले अलैंचीका बोट नष्ट गरेकाले आगामी वर्ष उत्पादन कम हुन सक्ने अनुमान गरिएको छ।

यसकारण पनि यो वर्ष अचानक अलैंचीको भाउ बढेको हुन सक्ने सम्भावनानकार्न सकिँदैन। नेपालमा मात्र नभई भारतमा पनि डढुवा रोगले अलैंचीमा क्षति पुर्‍याएको व्यवसायी बताउँछन्। एकपटक अलैंचीको बिरुवा मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आउने र नेपाली अलैंचीको प्रमुख बजार भारत रहेको छ।अलैंची भारतको अमृतसार, दिल्ली र कानपुरमा बढी व्यापार हुने गरेको छ। कोरोनाको दोस्रो लहरले दिल्लीसहित भारतमा संक्रमण दर उच्च हुँदा चैत–वैशाखमा एक महिना नेपाली अलैंचीको भारत निर्यात ठप्प भयो। निर्यात खुलेलगत्तै अलैंचीको माग र मूल्य वृद्धि भएको हो। केही व्यक्तिको मतअनुसार ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढेसँगै मूल्यवृद्धि भएको र त्यसको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन्।

सर्सर्ती समीक्षा गर्दा पछिल्ला चार÷पाँच वर्षयता मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्ने क्रम रहेको देखिन्छ। अलैंची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिदबिक्री गरिसकेकाले हालको मूल्यवृद्धिको फाइदा लिनबाट उनीहरू वञ्चित भएको हुनसक्ने बलियो आधार छ।हाल ताप्लेजुङमा चार हजार दुई सय ५८ हेक्टर क्षेत्रफलबराबरमा अलैंची खेती गरिँदै आएको छ। उक्त खेतीबाट यसवर्ष मात्र दुई हजार नौ सय ६० मेट्रिक टन अलैंची उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांकअनुसार यसवर्ष जिल्लामा गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशतले अलैंची उत्पादन वृद्धि भएको हो।केही दिनभित्रै अलैंचीको मूल्य ४० हजार रुपैयाँसम्म पुग्ने व्यापारीको अनुमान छ। अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली उत्पादनले धान्न सकिरहेको छैन। भारतमा अलैंचीको फसल मरेकाले नेपाली अलैंचीको माग बढेको र मूल्यमा वृद्धि भएको व्यापारीको भनाइ छ।नेपालको कृषि प्रणालीले पछिल्ला वर्षमा एक स्पष्ट परिवर्तन देखाएको छ। यस परिवर्तनका लागि महत्वपूर्ण प्रेरणादायक कारक उपभोक्ताका केही उत्पादहरूका लागि बजार भएको छ। उत्पादित कृषिजन्य वस्तुको फसलको बजार र खेती प्रणालीको छनौट सहरी क्षेत्रहरूमा र बाहिर देशका उपभोक्ताको उत्पादनहरूको मागद्वारा निर्धारित भएको देखिन्छ। राम्रो यातायात सुविधाको साथ सहरका बासिन्दाको आम्दानी स्तरमा भएको वृद्धिले उत्पादकलाई असंख्य अवसर प्रदान गरेको छ।

विगतमा यो विश्वास गरिन्थ्यो कि दुर्गम क्षेत्रमा कृषि विकासमा ठूलो धनराशीको लगानी न्यायसंगत र लगानीका लागि प्रतिफलयुक्त हँुदैन। यो तार्किक धारणा अब उल्लेखनीय रूपमा परिवर्तन भएको छ। विगत चार दशकको अवधिमा कृषि क्षेत्रमा गरिएका प्रयासले दुर्गम क्षेत्रहरूमा पनि आशाजनक परिणाम दिन थालेको छन्।किसानले घरेलु वा अन्तर्राष्ट्रिय बजारका लागि धेरै उच्च मूल्यको नगदे बाली उत्पादन गरिरहेका छन्।विगतका कुरा स्मरण गर्ने हो भने अलैंची सिक्किममा अनादि कालदेखि नै खेती गर्दै आएको देखिन्छ। यो सिक्किमको मूल बाली हो र यहाँबाट यो छिमेकी मुलुक र क्षेत्रहरूमा फैलिदै गयो। अलैंचीको निकासीवा नेपालीमा अलैंची, बारहमासी जडिबुटी हो जसमा भूमिगत राइजोमहरू पाइन्छ जसले थुप्रै पात र कोपहरूलाई उत्पन्न गर्दछ। नेपालमा नगदे बालीको उत्पादन सम्भावना र प्रवद्र्धन प्रायः पर्याप्त पुँजीको उपलब्धता, कृषि प्रविधिको स्तर, बजारीकरणको सुविधा र सरकारी र गैरसरकारी संस्थाहरूद्वारा नगद बालीनालीसम्बन्धी कारोबार गर्ने व्यवसाय तथा उनीहरूको संलग्नता र सक्रिय सहभागिताको माध्यमबाट गरिन्छ।

राष्ट्रिय विकास योजना र कार्यक्रमहरूमा परिकल्पना गरिएको लक्ष्यलाई कार्यान्वयन गर्न सबै विकासोन्मुख देशले विदेशी विनिमय कमाउन नगदे बालीको निर्यात बढाउनु आवश्यक छ। नेपाली नगदे बालीनाली उद्यमीहरू ठूलो संख्यामा विदेशी बजारहरू निर्यात गर्न असमर्थ छन् किनकि उत्पादनको उच्च लागत, अपर्याप्त भण्डारण सुविधा, ट्यारिफ अवरोध, यातायात अवरोध र वास्तविक उत्पादनदेखि निकासी बजारसम्मको ज्ञानको अभावका कारण पनि केही नकारात्मक असर परेको छ। कृषिजन्य वस्तुहरू नेपालबाट कुल निकासीको एक प्रमुख हिस्सा हो। नेपाली निर्यातजन्य प्रमुख कृषि वस्तुहरू अदुवा, तेलका बीउहरू जस्तै सूर्यमुखी फूल, नाइजरको दाना, सुर्तिजन्य, तरकारीको बीउ, अर्थोडक्स चिया, अलैंची, मसला, फलफूल र तरकारी आदि। जनसंख्या र खाद्यान्नका लागि आन्तरिक माग दुवैतर्फ वृद्धि भइरहेको छ, उपलब्ध अधिक कृषिजन्य वस्तु निर्यातका लागि उपलब्ध घट्दैछन् किनकि उत्पादन जनसंख्याको वृद्धिको तुलनामा बढ्न सकेको छैन।

अलैंचीको ईलामलगायत संखुवासभा जिल्लाभित्र र बाहिर ठूलो अलैंचीको मार्केटिङ गरिन्छ। साना उत्पादकहरू सामान्यतया थोकबिक्रेता र साहूबिक्रेताद्वारा भर्ती संकलकहरूको सट्टा आफ्नो उत्पादन स्थानीय संकलनकर्तालाईबेच्छन्।    अलैंचीको निर्यात भारत जान्छ र त्यसपछि अन्य देशमा यसलाई निर्यात गरिन्छ। यसैले मूल्य सम्बन्धितद्वारा दोहन गर्ने भारी सम्भावना र अवसर छन्। ठूलो अलैंचीले नेपालको विदेश निर्यात व्यापारमा महत्वपूर्ण स्थान ओगटेको छ। नेपालको पूर्वी क्षेत्र अलैंची उत्पादन गर्ने प्रमुख क्षेत्र हो। संखुवासभा, इलाम, पाँचथर, धनकुटा र भोजपुर अलैंची उत्पादनका लागि प्रमुख जिल्ला हुन्। इलाम यी क्षेत्रमा उत्पादन हुने कुल बालीको महत्वपूर्ण हिस्सा ओगटेको छ। यद्यपि, पछिल्लो वर्षमा केही रोगका कारण तीव्र गिरावट आएको छ।अलैंचीको उत्पादन वर्षेनी बढ्दै गइरहेको छ र यसले निर्यात वृद्धि पनि बढाउनेछ। भारत अलैंचीको प्रमुख विश्व उत्पादक र निर्यातकर्ता हो, त्यसपछि ग्वाटेमाला, श्रीलंका र तान्जानिया मुलुक पर्छन्। नेपाल र पपुआन्यूगिनीबाट थोरै मात्रामा अलैंची विश्व बजारमा देखा पर्न थालेको छ। अलैंचीको प्रमुख आपूर्तिकर्ता नेपाल, भारत, भुटान, इन्डोनेसियाले पनि जंगली ठूलो अलैंचीको आपूर्ति गर्दछ।जुन नेपाली अलैंची जस्तै देखिन्छ।

हाल नेपालको अलैंची सबै भारत जान्छ जहाँबाट यो अन्य देशहरूमा पुनः निर्यात गरिन्छन्। नेपाली अलैंचीका लागि भावी आयात गर्ने देशहरू बंगलादेश, पाकिस्तान, कतार र साउदी अरेबिया हुन् भन्नुमा अत्युक्ति नहोला। अलैंचीको आयातमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रित छ। केही देशहरू जस्तै साउदी अरेबिया, कुवेत, बहराइन र मध्यपूर्वका खाडी देशहरू र युरोपमा समेत निर्यातको सम्भावना छ।साउदी अरेबिया विश्वको सबैभन्दा ठूलो अलैंची आयातकर्ता हो। ठूलो अलैंचीका लागि प्रमुख बजार सिंगापुर हो। तर सिंगापुर वास्तविक उपभोक्ता बजार होइन, केवल एक इन्टरपोर्ट हो। इस्लामी राष्ट्रहरू ठूलो अलैंचीको प्रमुख उपभोक्ता बजार हुन्, जसमध्ये पाकिस्तान ठूलो उपभोक्ता हो। सिंगापुर पाकिस्तानलाई ठूलो अलैंचीको प्रमुख आपूर्तिकर्ता हो। रुस र पश्चिम जर्मनी हालका वर्षमा अलैंचीको महत्वपूर्ण आयातकर्ताको रूपमा छ। अमेरिका र पश्चिम जर्मनी ठूलो अलैंचीका लागि सम्भावित बजार हुन सक्छन्। ठूलो अलैंचीका लागि अन्य अवस्थित र सम्भावित बजार भनेको युरोपियन युनियन हो।
 

विश्वको सटिक तथ्यांक विशेषगरी अलैंचीको आयात प्राप्त गर्न धेरै गाह्रो हुन्छ किनकि आधिकारिक व्यापार तथ्यांकले प्रायः अलैंचीलाई अन्य असम्वद्ध मूल्यहरू जस्तै जायफलसँग वर्गीकृत गर्दछ। यद्यपि यो अनुमान गरिएको छ कि यस मसलाको औसत विश्व आयातप्रति वर्ष बढिरहेको छ। नेपाली अलैंचीको बजार धेरै सीमित छन्। यद्यपि ट्रेड एन्ड एक्सपोर्ट प्रोमोसन सेन्टरले विगत केही वर्षमा केही विविधीकरण गरेको भए पनि यस उत्पादनको प्रमुख खण्ड भारतमै निकासी हुन्थ्यो। यस पृष्ठभूमिमा एक विशेष तत्काल आवश्यकता यो मसलाको आन्तरिक बजार मूल्य नियन्त्रणका लागि हो। एक सरकारी संस्था हुनुपर्छ, उत्पादनदेखि अलैंचीको बजारका लागि हेर्न। नेपाली अलैंची सीमित बजार भएकाले नेपालले अन्य सम्भावित अन्तर्राष्ट्रिय बजारहरू पनि खोजी गर्नुपर्छ।  

- लेखक कृषि उद्यम केन्द्रका पूर्ववरिष्ठ कार्यक्रम व्यवस्थापक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.