बंगलादेशमा भेटियो एक हजार वर्ष पुरानो विष्णु भगवानको मूर्ति !

बंगलादेशमा भेटियो एक हजार वर्ष पुरानो विष्णु भगवानको मूर्ति !

ढाका: बंगलादेशमा कालो पत्थरबाट निर्मित हिन्दू देवता विष्णुको ऐतिहासिक तथा प्राचिन मूर्ति प्रहरीले एक शिक्षकबाट बरामद गरेको छ ।

स्थानीय मिडियाका अनुसार एक हजार वर्ष पुरानो मानिएको उक्त मूर्ति प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । डेली स्टार न्युजका अनुसार प्रहरीले कुमिल्ला जिल्लाको बोरो गोली गाउँबाट उक्त मूर्ति समातिएको हो ।

बहुमुल्य यस कालो पत्थरको उचाइ झण्डै २३ इन्च छ भने चौडाइ ९ दशमलब ५ इन्च छ । साथै यसको तौल झण्डै १२ केजी छ ।

दौडकान्डी प्रहरी स्टेशनका प्रमुख नजरुल इस्लामका अनुसार अबु यूसुफ नामका शिक्षकबाट करिब डेढ महिनाअघि उक्त मूर्ति बरामद गरिएको हो । तर ती शिक्षकले प्रहरीलाई यसबारे जानकारी दिएका थिएनन् । प्रहरीका अनुसार ती शिक्षकको घरबाट सोमबार राति मूर्ति बरामद गरिएको हो ।

यूसुफले भने २०/२२ दिनअघि आफ्नो जमिनमा रहेको पोखरीमा खन्ने क्रममा उक्त मूर्ति फेला परेको थियो । त्यो पत्थर मूर्ति भन्ने थाहा पाए पनि तत्कालै प्रहरीलाई खबर गर्न फुर्सद नमिलेको प्रतिक्रिया यूसुफले दिएका छन् ।

यस मूर्तिलाई बंगलादेशका पूरातत्वविद तथा जानकारहरुले बहुमुल्य रहेको बताएका छन् । साथै यसबारे थप अनुसन्धान गरिनुपर्ने पनि बताइएको छ ।

चत्तोग्राम क्षेत्रस्थित पूरातत्व विभागका क्षेत्रीय निर्देशक अतौर रहमानले भनेका छन्, "फेला परेको भगवान विष्णुको मूर्ति ज्यादै बहुमुल्य हो । यो सम्भवत एक हजार वर्ष पुरानो हो । यसको विशेष संरक्षणका लागि यसलाई तुरुन्त मैनामती संग्रहालयमा हस्तान्तरण गरिनुपर्छ ।"


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.