अमेरिकामा आगामी चार हप्ता कोराेना संक्रमित र मृत्यु हुनेकाे संख्या बढ्न सक्ने

अमेरिकामा आगामी चार हप्ता कोराेना संक्रमित र मृत्यु हुनेकाे संख्या बढ्न सक्ने

अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को संक्रमण बढ्ने देखिएको छ । पछिल्ला केही समयमा संक्रमण बढेपछि कतिपय राज्यमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी कतिपय अस्पतालमा कोभिड संक्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ । अमेरिकी संस्था 'सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन'ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका संक्रमित बढ्न सक्ने बताइएको छ। सो संस्थाकाअनुसार आगामी चार हप्तामा अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्ति मृत्यु दर पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

सो संस्थाले बुधबार विज्ञप्ति प्रकाशसित गर्दै कोभिडको संक्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकोले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

आगामी चार हप्ता अर्थात अगष्ट महिनाको २८ तारिखसम्ममा दुई हजार ३०० देखि बढीमा नौ हजारसम्म मृत्यु हुने सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी चार हप्तामा बढीमा २४ हजार जना जति संक्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि सो संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै आगामी चार हप्तामा अमेरिकामा तीन लाख ५० हजार देखि १८ लाखसम्म नै नयाँ संक्रमित थपिन सक्ने पनि जानकारी दिइएको छ ।

बुधबारसम्म अमेरिकामा ६ लाख १४ हजार ७०० जनाको निधन भएको छ । त्यहाँ पछिल्लो समयमा मृत्यु हुने दर निकै घटे पनि संक्रमित भने थोरै मात्र थपिने अनुमान गरेको छ ।

केही दिन यता यो संक्रमण दर बढ्दै गएको देखिए पनि हालसम्म अमेरिकामा ३५.४ जना कोभिडका संक्रमित हुन पुगेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.