कामदारको आकर्षण इजरायल

कामदारको आकर्षण इजरायल

काठमाडौं : वैदेशिक रोजगारमा जाने चाहने नेपाली कामदारको रोजाइमा इजरायल परेको छ। रोजगारीका लागि १ हजारकोे कोटा भए पनि हजारौंको संख्यामा नेपाली कामदार इजरायल जान इच्छुक भएका छन्। 

इजरायल जान फारम भर्नेको भीड लागेको छ।  वैदेशिक रोजगारीका क्रममा जापान, कोरियामा लामो समय काम गरिसकेका युवा पनि इजरायल जान उत्साहित भएका छन्। इजराइल जाने लाग्ने खर्च (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित)  १ लाख रुपैयाँभन्दा बढी आफंै जोहो गरेर पनि नेपाली कामदार जान तयार भएका छन्।
उता गएर राम्रो आम्दानी हुने भएकाले धेरैको रुचि इजरायलमा परेको छ। केयरगिभरको रूपमा इजरायल जाने श्रमिकले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ। इजरायलले

केयरगिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतका क्षेत्रमा  नेपाली श्रमिक लैजान लागेको हो। वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले इजरायल जानका लागि फारम भर्नेको भीड बढेको बताए। उनका अनुसार आइतबारसम्म १५ हजार जनाले अनलाइन फारम भरिसकेका छन्। विभागले साउन १२ गते सूचना जारी गरी २१ दिनभित्र फारम गर्न अनुरोध गरेको थियो। साउन मसान्तसम्म फारम भर्नेको संख्या उल्लेखनीय हुने देखिएको छ। 

इजरायलले सुरुमा नमुनाका रूपमा ५ सय जनालाई लैजाने घोषणा गरेको थियो। पछिल्लो समयमा हजार जना लैजाने बताएको छ। तर, रोष्टरमा १ हजार ५ सय जना छनोट गरिनेछ। इजरायल शाखा प्रमुख सुनुवाइका अनुसार छनोट भएका सबै जान नसक्ने, मेडिकल फेल हुन सक्नेलगायतका कारण ५ सय बढीलाई रोष्टरमा राखिएको हो। 
छनोट भएका युवाले ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्तरवार्ता पास गर्नुपर्छ। दुवै नम्बरमा बढी हुने युवाको सूची इजरायलको पीआईबीएलाई पठाइ त्यसको विवरण विभागको वेबसाइटमा राखिनेछ। 

विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्नेछ। अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ। उताबाट आएको सूचीका आधारमा विभागले छनोटमा परेकालाई बोलाएर सम्झौता गराएर ५ दिनभित्र दूतावास पठाउनेछ। 

सम्झौता भएको ३० दिनभित्र श्रमिक इजरायल गइसक्नुपर्ने प्रावधान छ। विभागले ६० दिनभित्र गइसक्नुपर्ने व्यवस्था गर्न पहल भइरहेको जनाएको छ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ। 
हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने सम्झौतामा उल्लेख थियो। 

नेपाल–इजरायलबीच गत असोज श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो। इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान बन्देज गरिएको छ। 
दस जोड दुई पास गरेर तीन महिनाको केयरगिभर तालिम लिएका मात्रै प्रतिस्पर्धामा सामेल हुन पाउँछन्। दस जोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन्।  इजरायल जान हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्छ। ४.९ फिट र ४५ केजी भएको व्यक्ति मात्रै इजरायल जान पाउने व्यवस्था छ। 

इजरायलमा न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाइन्छ। इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। सन् २०१५ मा सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन्। त्यतिबेला बिजनेज टु बिजनेस (बीटुबी) मोडेलबाट कामदार पठाइने भनिए पनि मुस्किलले एक सय जना पनि जान गएनन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.