बाजुराका १० वर्षीय बालकमा डेल्टा भरियन्ट पुष्टि

बाजुराका १० वर्षीय बालकमा डेल्टा भरियन्ट पुष्टि

बाजुरा : एक १० वर्षीय बालकमा कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट पुष्टि भएको छ। जिल्ला अस्पताल बाजुराबाट बाहिर रिफर गरिएका ती बालकमा कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट पुष्टि भएको हो । 

जिल्ला अस्पताल बाजुरामा एन्टिजेन परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई धनगढी रिफर गरिएको थियो। धनगढीमा पनि उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए। काठमाडौंमा स्वाब संकलन गरी भारत पठाएपछि डेल्टा भेरियन्ट पुष्टि भएको डाक्टर जोशीले जानकारी दिए।

बालकको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पीसीआर गर्ने तयारी रहेको जोशीले बताए ।कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको बालकको काठमाडौंमा भेन्टिलेटरमा उपचारपछि डिस्चार्ज गरेको परिवारले बताएको छ।

जिल्ला अस्पताल बाजुरामा शुक्रबारसम्म श्वासप्रश्वासम्बन्धी समस्य भएका ९ जना बालबालिकाको उपचार भइरहेको छ । पछिल्लो समय जिल्ला अस्पताल आउने बालबालिकाको संख्या बढ्दै गएको छ। 

जिल्लामा कोरोना महामारी फैलिरहेको संकेत देखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर जोशीले बताए । अस्पतालमा आउने बालबालिका १० वर्ष आसपासका रहेको डाक्टर जोशीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.