भैंसी किन्ने बहानामा बास मागेर लुटपाट

भैंसी किन्ने बहानामा बास मागेर लुटपाट

दैलेख : जिल्लाको भैरबी गाउँपालिका–१ मा अज्ञात समूहले एक परिवारमा बास मागेर सामग्री लुटेको छ । स्थानीय ६९ वर्षीय सेते खत्रीको घरमा बिहीबार साँझ बास माग्न आएका थिए । भैंसी किन्ने निहुँ बनाएर बास माग्न आएका ३ जनाको अज्ञात समूहले सेतेको परिवारलाई बेहोस बनाइ लुटपाट गरेको स्थानीयले बताएका छन् । सेतेको परिवारमा उनकी पत्नि ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री रहेको प्रहरीले जनाएको छ ।  

स्थानीयले शुक्रबार बिहान सेते, उनकी श्रीमती माग्ली र छोरी नानकलालाई बेहोस अवस्थामा फेला पारेका थिए । सेतेको परिवारलाई बेहास अवस्थामा फेला पारेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार बेहोस अवस्थामा भेटिएका तीनैजनालाई दैलेख अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको बताए । उनीहरुलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको डिएसपी श्रेष्ठले बताए । 

‘३ जना अज्ञात व्यक्ति भैंसी किन्ने निहुँमा बिहीबार साँझ सेतेको घरमा बास माग्न आएको भन्ने खुलेको छ, घरको दराज फोडिएको छ, के–कति लुटिएको छ भन्नेबारे यकिन भएको छैन्,’ डिएसपी श्रेष्ठले भने । 

सेतेको परिवार उपचारपछि पर्किएपछि मात्रै के–कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने डिएसपी श्रेष्ठको भनाइ छ ।  उनका अनुसार इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक नेत्र बुढाको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

सेतेका छिमेकीले सुनलगायतका सामग्रीहरु लुटिएको आशंका गरेका छन् । उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग समेत सेतेको छिमेकीहरुले गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.