भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतमा कोरोनाका दैनिक संक्रमितको संख्यामा कमी आएको छ । शुक्रवारको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संख्यामा कमी देखिएको हो । 

शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै ६ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो । 

सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कूल संख्या चार लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो । 
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ । 

भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको संख्या  ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.