पाकिस्तानमा हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा २० जना पक्राउ

पाकिस्तानमा हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा २० जना पक्राउ

लाहोर:पाकिस्तानको पञ्जाब प्रान्तीय प्रहरीले एक हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा शनिबार २० जनालाई पक्राउ गरेको छ। साथै उक्त घटनामा संलग्न १५० जनाभन्दा बढी विरुद्ध मुद्दा चलाएको जनाएको छ ।

बुधबार एक स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, अदालतले उनलाई रिहाइ गर्न आदेश दिएपछि लाहोरबाट ५९० कि.म टाढा, रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालकको रिहाइमा विरोध गर्दै हिन्दू मन्दिरमा तोडफोड गरेका थिए। 

'हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं', रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने ।  भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले आगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए ।

उनले मन्दिर तोडफोड गरेको आरोपमा १५० जनाभन्दा बढीविरूद्ध आतंकवाद र पाकिस्तान दण्डसंहिताको विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए।

‘हामी यो अपराधमा संलग्न प्रत्येक संदिग्धलाई पक्राउ गर्नेछौं। सर्वोच्च अदालतको आदेशमा मन्दिरको जीर्णोद्धारको काम सुरु गरिएको छ,'उनले भने।

यस्तै सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलजार अहमदले शुक्रबार भएको घटना रोक्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेका छन्। उनले आठ वर्षीय बालक पक्राउप्रति पनि आपत्ति जनाएका छन्। 

नाबालिगहरुको मानसिक क्षमता बुझ्न असमर्थ रहेको भन्दै उनले प्रहरीको आलोचना गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.