टोकियो ओलम्पिक्स २०२० आज समापन

टोकियो ओलम्पिक्स २०२० आज समापन

टोकियो ओलम्पिक्सको ताजा पदक तालिकामा संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । अमेरिका र चीनको समान ३८ स्वर्ण पदक रहेको छ। तर रजत र कास्य पदकमा चीनभन्दा अमेरिका अघि छ ।

पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान र चौथो स्थानमा ब्रिटेन रहेका छन्। भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ।

ओलम्पिक्सअन्तर्गत जापानका ४२ खेल स्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा तय भएका थिए।

एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ ।

टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो । 

विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.