राउटेहरुलाई राहत वितरण

राउटेहरुलाई राहत वितरण

दैलेखः लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ । हाल कर्णालीको कालिमाटी गाउँपालिका–५ सल्यानमा बसोबास गरिहेका उनीहरुलाई कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, गुराँस गाउँपालिका, सोसेक नेपाल र राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोग र समन्वयमा राहत सामग्री उपलब्ध गराइएको हो ।

उनीहरु बसोबास गरिरहेको बस्तीमै पुगेर शनिबार खाद्यान्न र पाल सहयोग गरिएको हो । कर्णाली प्रदेशसभाका उप–सभामुख पुष्पा घर्ती (बिष्ट), आन्तरिक मामिला तथा कानून मन्त्री सीता कुमारी नेपाली, सोसेक नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्वअध्यक्ष सीता राना सहितको टोलीले राउटे बस्तीमै पुगेर खाद्यान्न र पाल सहयोग गरेको हो ।

राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोग र सोसेक नेपालको समन्वयमा १ लाख २ हजार बराबरको खाद्यान्नहरु चामल, नुन, दाल, खुर्सानी तथा तरकारीमा मुला उनीहरुलाई वितरण गरिएको थियो । ४४ घरपरिवार रहेको राउटे बस्तीमा प्रतिपरिवार एक बोरो चामल दिइएको थियो । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे नागरिकलाई खाद्यान्न सहयोग गरेको राकेश इन्टरप्राइजेज काठमाडौंका राकेश जैनले बताए ।

‘सोसेक नेपालको पहलमा जंगलहरुमा कठिनाइपूर्ण जीवन बिताउँदै आएको राउटेलाई खाद्यान्न उपलब्ध गराएका हौँ,’ जैनले भने ‘लोपोन्मुख नागरिकलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ ।

यसैबीच कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले पाल सहयोग गरेको छ । राउटे समुदायका ४४ घरपरिवारलाई प्रतिपरिवार एक वटा पाल सहयोग गरिएको हो । राउटे समुदायले आफ्नो परम्परा अनुसार बनाउने घरमा प्रयोग हुने कपडाको पाल प्रदान गरिएको हो ।

सोही अवसरमा कर्णाली प्रदेश सरकारकार आन्तरिक मामिला तथा कानून मन्त्री सीता कुमारी नेपालीले कर्णाली प्रदेशभित्र फिरन्ते जीवनयापन गर्दै आएको राउटे समुदायको संरक्षण सम्बर्द्धनमा प्रदेश सरकार लागि परेको बताइन् । उनले राउटे समुदायको संरक्षण र सुरक्षाका लागि नीति निर्माणको क्रममा रहेको मन्त्री नेपालीको भनाइ छ । ‘मदिरा सेवनले राउटेको स्वास्थ्यमा गम्भीर असर गरिरहेको बताउँदै मन्त्री नेपालीले भनिन् ‘राउटे समुदायमा अत्याधिक मदिरा सेवनलाई नरोक्ने हो भने राउटे समुदाय नै लोप हुने खतरा छ ।’

राउटे समुदायमा सोसेक नेपालले अहेव र जोडी शिक्षक परिचालन गरिरहेको छ । राउटे परियोजना अन्तर्गत राउटे नागरिकहरुको उपचारका लागि अहेव र राउटे नागरिकहरुको स्वास्थ्य तथा सरसफाई, बालबालिकाको शिक्षामा जोड दिन जोडी शिक्षकलाई बस्तीमै परिचालन गरेको संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमन्ते जीवनयापन गरिरहेका राउटे नागरिक गुराँस गाउँपालिकाको स्थायी बासिन्दा हुन् । समुदायको ४४ परिवारमा १ सय ४२ जनसंख्या छ । 
राउटे समुदायका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिँदै ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.