भारतमा कोरोना संक्रमितको संख्या तीन करोड २० लाख नजिक

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड २० लाख नजिक

कोभिड-१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड संक्रमितको संख्या तीन करोड २० लाखको नजिक पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड-१९ संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ३९ हजार ७० रहेको र योसँगै अहिलेसम्म कोभिड संक्रमण पुष्टि भएका व्यक्तिको संख्या तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड संक्रमितको मृत्यु भएको छ । महामारी सुरू भएपछि अहिलेसम्म भारतमा मृत्यु भएका कोभिड संक्रमित विरामीको संख्या चार लाख २७ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ३३१ व्यक्ति कोरोना संक्रमणमुक्त बनेका छन् । योसँगै भारतभर कोभिड-१९ का सक्रिय संक्रमितको संख्या चार लाख छ हजार ८२२ रहेको छ ।

भारतमा कोभिड-१९ संक्रमितमध्ये तीन करोड १० लाख ९९ हजार ७७१ व्यक्तिमा कोरोना संक्रमण भई निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिडको उपचार गराइरहेका ४३ हजार ९१० जना निको भई अस्पतालबाट घर फर्किएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.