श्री शिवको प्रसाद

श्री शिवको प्रसाद

कोरोनाको त्रास नभइदिएको भए आराध्यदेव श्रीपशुपतिनाथ मन्दिर परिसरमा मात्रै होइन, देशभरिका शिवालयमा श्रावण महिनाभरि खासगरी सोमबार अचम्मकै भीड हुन्थ्यो। गतवर्ष पनि मन्दिरहरू सुनसान रहे भने यसपालिको अबस्था झन् जटिल देखिँदैछ। देवता खोज्न मन्दिरै जानु पर्ने चाहिँ होइन, र्इृश्वर स्वयं मानिसको मन मन्दिरमा बस्ने गर्छन्। शास्त्रले भनेकै छ ‘अहँ सर्वेषु भूतेषु’ अर्थात् ईश्वरको शब्दमा ‘म सबै प्राणीमा रहने छु’।

शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण, रूप चित्रमा प्रवृत्त गराउनु चिन्तन हो, मनन हो। महेश्वरको कृपा दृष्टिले जीवले शिवत्व प्राप्ति गर्छ। शिव प्राप्ति जीवको उद्देश्य हो, आकांक्षा वा साध्य हो। सत्य वस्तु भनेको शिव हो, जोसँग साक्षात्कार गर्न सकेमा सर्वकल्याण हुन्छ। सर्व रुद्र कल्याणका लागि भक्ति साधना श्रवण, कीर्तन र मनन जरुरी छ। शिव शंकरको बारेमा श्रवण, कीर्तन र मनन गर्नाले महत्तम साधना सिद्धि हुन्छ। भगवान् शिवका आज्ञाले सनतकुमारलाई नन्दीश्वरले शक्ति दिनुभयो। मुक्तिको उत्तम साधन उहाँले नै बताउनु भयो। मुक्तिको उपाय भक्ति हो भक्तिको स्वरूप श्रवण हो।

यी तीन साधनमा रत हुन नसक्नेका लागि अर्को उपाय छ, भगवान्को साकार विग्रहको साधना गर्ने संसार सागरबाट पार हुन सक्छ। गच्छेअनुसार, शक्ति अनुसार आफ्नो धनराशि शिव मूर्तिमा सुम्पिनु पर्ने हुन्छ। शिव लिंग एवं शिव मूर्तिको पूजा गर्नुपर्ने हुन्छ। भक्ति भावले मण्डप निर्माण गर्ने, तीर्थ स्थापना, मठ निर्माण, क्षेत्र स्थापना, उत्सवको आयोजना गर्नुपर्ने हुन्छ। बस्त्र, गन्ध फूल, दिप, नैवेद्य समर्पित गर्नुपर्ने हुन्छ। प्रदक्षिणा, नमस्कार, यथाशक्ति जप गर्नुपर्ने हुन्छ। आवाहनदेखि विसर्जनसम्म प्रतिदिन भक्तिभावले गर्नुपर्ने हुन्छ। यसरी अनुष्ठान पूजा गर्नाले श्रवण, कीर्तन, मनन गर्न नसक्नेलाई पनि सोको फल प्राप्ति हुन्छ।

शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण, रूप चित्रमा प्रवृत्त गराउनु चिन्तन हो, मनन हो। महेश्वरको कृपा दृष्टिले जीवले शिवत्व प्राप्ति गर्छ।

सवै देवताको मूर्तिमा पूजा हुन्छ। परन्तु शिवजीको मूर्ति वा लिंगमा हुन्छ। यो शंका भने महादेवभन्दा अरूले निवारण गर्न सक्तैनन्। शिवजीलाई दुई रूपवाट चिन्तन गर्न सकिन्छ। सगुण साकार रूप र निर्गुण निराकार रूप ! निराकार भएकाले शिवजीको शिव लिंगमा पूजा हुन्छ। शिव लिंग शिवको निराकार स्वरूप हो। शिवको साकार स्वरूप उनको स्वरूप मूर्ति हो। शिवबराबरका आत्म देवता अर्का छैनन्। अघि सनतकुमार र भगवान् नन्दीश्वरका वीच यस्तै बार्ता भएको थियो। निस्पाप सनतकुमारलाई नन्दीश्वरले भन्नु भएको थियो।

नन्दीकेश्वर भगवान्ले सनतकुमारको प्रश्नमा महादेवको निराकार स्वरूप शिव लिंगको प्रादुर्भावको प्रसंग सुनाउनु भएको हो। शिव लिंगको शिर भाग र फेद भाग पत्ता लगाउने बारे ब्रह्मा र विष्णुका बीच विवाद भएछ। यो विवादवाट देवताहरूमा चिन्ता भएछ, देवताहरूले कैलाशमा गएर शिवजीको स्तुति विन्ती गरेछन्। महादेव भोलेबाबा, ब्रह्मा र विष्णुको विवाद भएका ठाउँमा आइनुभएछ। भीषण शिव लिंग अग्नि स्तम्भका रूपमा प्रकट भएछ। त्यहाँ र यसको शिर भाग र फेद भागको पत्ता लगाउनू भन्ने आदेश भएछ शिववाट ! शिवजीको त्यो अग्नि स्तम्भको गहिराइ र उचाइ नाप गर्न अर्थात् यो पत्ता लगाउन ब्रह्मा र विष्णु हिँड्नु भएछ, एक जना माथितिर अर्का तलतिर। तर फेद र टुप्पो पता लागेनछ, दुवै निराश भए !

तत्पश्चात् थाकेका ब्रह्मा र विष्णुले मिलेर शिवलिंगको पूजा गर्नुभयो। दुवै हात जोडेर शिवजीको निराकार रूपलाई दायावायाँ भागमा राखी चूपचाप खडा भइरहनुभयो। प्राकृत वस्तु र पुरुष वस्तुमा फरक के छ भने दीर्घकालसम्म स्थीर भएर रहनेलाई पुरुष वस्तु भनिन्छ। अल्पकाल मात्र रहनेलाई प्राकृत वस्तु भनिन्छ। यसै क्रममा पुरुष वस्तु शिव लिंगमा ब्रह्मा, विष्णु दुवैले विभिन्न साधनद्वारा पूजा गर्नुभयो। हार, नुपुर, केयुर, कीरिट, मणिमय कुन्डल, जनै, उत्तरीया वस्तु, पुष्पमाला, रेशमीवस्तु, हार, मुद्रिका, पुष्प, ताम्वुल, कपुर, चन्दन, धुप, दीप, स्वेतछत्र, ध्वजा, चामर अन्यान्य दिव्य उपहार अर्पण गरी पूजन गर्नुभयो। बद्धजीवलाई पशु भनिन्छ। पशुको मालिकलाई पशुपति भनिन्छ।

ब्रह्मा विष्णु दुवैले सर्वप्रथम शिव लिंगको पूजा गर्नु भएकाले शिवजी प्रसन्न भई भन्नुभयो। तपाईंहरूले आज मेरो पूजन गर्नुभयो। सर्वप्रथम ! तपाईहरूबाट प्रसन्न भएँ। अब हरेक सोमबार मेरो पूजा आराधना गर्नोस्, मनोकामना पूरा हुनेछ, सिद्धि प्राप्त हुनेछ। सृष्टिदेखि पालन गर्नेसम्मको काम अब तपाईंहरू ब्रह्मा र विष्णुले गर्न सक्नुहुन्छ। निराहार व्रत राख्नाले जितेन्द्रीय भएर शक्तिअनुसार पूजा गर्नाले, निश्चल भावले यजन, पूजन, स्तुति वन्दना गर्नाले सुख भोग र मुक्तिसमेत पाइन्छ। धर्मको वृद्धि गर्ने विशेष दिनहरू हुन्छन्, महाकालेश्वर मृत्युञ्जयी हुन चाहनेले त मेरो प्यारो बार शनिबार पारेर विशेष यजन, पूजन गर्ने गर्छन्।

ज्योतिर्मय ढंगले म जहिले प्रकट भएंँ त्यो समय भनेको मंसिर शुक्लपक्ष, पूर्णिमा तिथि, आद्रा नक्षत्र हो। जसले यसको आद्रा नक्षत्रले युक्त दिनमा पार्वतीसहित मेरो दर्शन गर्छ वा मेरो मूर्तिमा, लिंगमा पूजा गर्छ, विशेष यजन पूजन गर्छ त्यो मेरा लागि मेरो पुत्र गणेश, कुमारभन्दा पनि प्यारो हुन्छ। श्रावण महिना मेरो विशेष प्यारो छ। दर्शनका साथमा पूजा पनि गर्नेलाई अक्षय्य फल प्राप्ति हुन्छ। साँच्चै शिव लिंग भोग, सुख र यस दिनेवाला छ। दर्शन, स्पर्शन, ध्यानले प्राणीको जन्म जन्मसम्मको पाप नास हुन्छ। मृत्यु सरल र बिनाकष्ट अनि अभयसमेत प्राप्ति हुने साधन हो यो ! शिव लिंग प्राकाट्य भएको क्षेत्रबाट अन्य तीर्थहरू प्रकट हुन्छन्। तीर्थमा मानिसको प्रवेश वा त्यहाँबाट विदाइ हुनाले व्यक्तिले मोक्ष प्राप्ति गर्न सक्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.