विद्युत्मा नयाँ कन्डक्टर

विद्युत्मा नयाँ कन्डक्टर

काठमाडौं : वर्षात् सिजन सुरु भएसँगै उपत्यकामा झ्याप्प–झ्याप्प विद्युत् जाने र आउने क्रम सुरु भएको छ। विद्युत आपूर्तिमा भइरहेको अनियमितताका कारण कतै फेरि लोडसेडिङ हुन थालेको त होइन भनेर सर्वसाधारणमा त्रासको अवस्था सिर्जना भएको छ।

सर्वसाधारणमा पलाएको त्रासको वातावरणलाई चिर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युतीय संरचनाको नियमित मर्मत सम्भारका साथै वर्षा र हावाहुरीका कारण अवरोध सिर्जना हुँदा विद्युत्को नियमित आपूर्तिमा समस्या आएको दाबी गरेको छ। प्राधिकरणकाअनुसार उपत्यकामा रहेको पुरानो ११ केभि क्षमताको फिडर विस्थापित गरी त्यसको स्थानमा नयाँ कन्डक्टर जडान गर्नका लागि बत्ती काट्नुपरेको प्रसारणलाइन निर्देशनालय ग्रिड अपरेसनका निर्देशक दीर्घायु श्रेष्ठले जानकारी दिए। 

यो योजनाअन्तर्गत प्राधिकरणले उपत्यकाको भक्तपुर(कटुन्जे)–सातदोबाटो(एनफा)–बानेश्वर सबस्टेसनसम्मको करिब ११ किलोमिटर क्षेत्रमा कन्डक्टरको क्षमता विस्तार गर्न लागिएकाले विद्युत् कटौती हुने गरेको हो। 

प्राधिकरणले भक्तपुर–बानेश्वर र पाटन–स्युचाटारको करिब १९ किलोमिटर क्षेत्रमा ट्रिपल ए कन्डक्टर फेर्न लागेको हो। यसका लागि मुढवरी एण्ड जोशी कन्स्ट्रकसन प्रालिले करिब २० करोड रुपैयाँमा ठेक्का सम्झौता पाएको छ।

पुरानो तार विस्थापित गरी बढी भार क्षमताको नयाँ तार जडान गर्न लागिएको क्षमता अभिवृद्धि आयोजनाका प्रमुख शिवराम ताम्राकारले बताए।  यही साउनको पहिलो साताबाट सुरु भएको विस्तारको क्रममा कटुञ्जे सेक्सनबाट सातदोबाटो एन्फासम्मको ८.१ किलोमिटरको दूरीमा पुरानो तारलाई विस्थापन गरिसकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.