अर्घाखाँचीमा मास्क अभियान
सन्धिखर्क : 'महामारी नियन्त्रण र रोकथाम मा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता' भन्ने नाराका साथ नेपाल माक्स अभियान सञ्चालन भएको छ। सन्धिखर्कको शान्ति बगैंचाबाट सुरु अभियानले सन्धिखर्क बजार क्षेत्रका विभिन्न चोक र गल्ली-गल्लीमा सचेतना अभियान संचालन गर्दै माक्स वितरण गरिएको छ।
अभियानमा निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम थापा, सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापा क्षेत्री, स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापा, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो।
अभियान अन्तरगत स्वास्थ कार्यालय अर्घाखाँचीले सन्धिखर्कको तीन ठाउँ स्वास्थ कार्यालय परिसर, शान्ति बगैंचा चोक र चुत्राबेसीको भक्तिटोलामा मास्क बैंक स्थापना गर्नुका साथै कोबिड –१९ को महामारीबाट सुरक्षित रहन स्वास्थ्य र सुरक्षा सम्बन्धि जनचेतना अभियान चलाइने स्वास्थ कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले बताए।