पत्रकार डेकेन्द्रराज थापा हत्याको १७ वर्ष: मुख्य आरोपित अझै फरार

पत्रकार डेकेन्द्रराज थापा हत्याको १७ वर्ष: मुख्य आरोपित अझै फरार

दैलेख : पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १७ वर्ष पुगेको छ । पत्रकार थापालाई २०६१ साउन २७ गते नौमुलेको द्धारीमा तत्कालिन माओवादी कार्यकर्ताहरुले हत्या गरेका थिए । २०६१ असार १२ गते अपहरण गरी डेढ महिनापछि २०६१ साउन २७ गते तत्कालिन नेकपा माओवादीद्वारा प्रेस विज्ञप्ति जारी भएपछि पत्रकार थापाको हत्या गरेको घटना सार्वजनिक भएको थियो ।

मरणासन्न हुने गरी कुटेपछि जीउँदै खाल्डोमा गाडेर हत्या गरेको ४ वर्षपछि पत्रकार थापाको अस्थिपंजर फेला परेको थियो । थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका–३ द्धारीबाट कंकाल निकाली दाहसंस्कारसँगै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिइएको थियो । 

पत्रकार थापाको हत्यापछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चौतर्फी निन्दा समेत भयो । न्यायको लडाइ भन्दै नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संस्थाहरुले अहिले पनि निरन्तर संघर्ष गरिरहेका छन् ।

थापाको हत्या भएको १७ वर्ष बितिसक्दा समेत हत्यामा संलग्न मुख्य आरोपितहरु अझै कानुनको दायरामा आउन नसकेको पत्रकार भुपेन्द्र शाही बताउँछन् । आरोपितमध्ये संलग्न रहेको भनिएका ६ जनाले दैलेख जिल्ला अदालतको फैसला अनुसार कसुर अनुसारको सजाय भुक्तान गरिसकेका छन् । हत्या घटनामा संलग्न ३ जना मुख्य आरोपी अहिले पनि फरारको सूचीमा रहेको नेपाल पत्रकार महासंघ दैलेखले जनाएको छ । 

पत्रकार थापाको हत्यामा संलग्न मुख्य आरोपितलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ दैलेखले बुधबार ज्ञापनपत्र बुझाएको छ । पत्रकार डेकेन्द्रराज थापाको स्मृति दिवसका अवसरमा महासंघले जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखलाई ज्ञापन समेत बुझाएको हो।

जिल्लास्थित पत्रकारहरुको उपस्थितमा महासंघका अध्यक्ष यज्ञराज थापाले सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटा र प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीतहरु पक्राउ पर्न नसक्नुले मुलुकमा पत्रकारको हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउने वातावरण अझैसम्म सृजना नभएको पत्रकार महासंघले ठहर गरेको छ । महासंघले पत्रकार थापाको हत्याको घटनामा संलग्न मुख्य आरोपीहरुलाई तत्काल पक्राउ गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग समेत गरेको छ । 

स्थानीय प्रशासन र प्रहरीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा । तस्बिर : हिक्मतबहादुर नेपाली ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.