हुन्डीको कारोबार गर्ने गिरोह पक्राउ

हुन्डीको कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौं : हुण्डीको कारोबार गर्ने चारजना पक्राउ परेका छन् । गंगाबाल इलाकामा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ९१ लख ९६ हजार नगदसहित चारजनालाई पक्राउ गरेको हो । 

प्रहरीले सञ्चालक तरुण अग्रवालसहित चारजनाको साथबाट हुण्डीको कारोबारी (समानान्तर बैकिङ कारोबार) गरिरहेको अवस्थामा निम्नानुसार १७ थान चेक, डिपोजित स्लिप ८ थान  फेला परेको प्रहरीले जनाएको छ । 

ताहाचल बस्ने सञ्चालक अग्रवालसहित, गोगंबु बस्ने नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने नरबहादुर खड्का र जोरपाटी बस्ने अर्जुन चौलागाईलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

थप अनुसन्धान पश्चात आवश्यक कारवाहीका लागी सम्पत्ति सुद्धिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले ८० लाख ४३ हजार ३ सय १९ डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ चेक बरामद गरिएको प्रहरीले जनाएको छ । 


  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.