भारतको हिमाञ्‍चलमा भीषण पहिरो: ११ को मृत्यु, ३० जना बेपत्ता

भारतको हिमाञ्‍चलमा भीषण पहिरो: ११ को मृत्यु, ३० जना बेपत्ता

नयाँदिल्ली: भारतको हिमाञ्चल प्रदेशस्थित किन्नौर जिल्लामा गएको पहिरोमा परी ११ मानिसको मृत्यु भएको छ । करिब ३० जना बेपत्ता भएका छन् ।

किन्नौरस्थित रेकोङ पियो–सिम्ला राजमार्गमा अचानक पहिरो खसेको थियो । स्थानीय प्रसासनअनुसार बुधबार दिउँसो करिब १२: ३० बजेतिर पहिरो गएको थियो । पहिरोले बस, ट्रक र कारलगायत कैयौँ सवारी साधन पुरिएका छन् ।

पहिरोका कारण सिम्लातर्फ गइरहेको बसभित्रै करिब ४० यात्रु फसेको अधिकारीहरुले जनाएका छन् । करिब २५ देखि ३० यात्रु पहिरोले पुरेको हुनसक्ने अनुमान गरिएको छ । अधिकारीहरुकाअनुसार हालसम्म १० व्यक्तिको उद्धार गरिएको छ भने उद्धार गरिएका मानिसलाई अस्पताल पुर्‍याइएको छ ।

रेकोङ पियो–सिम्ला राजमार्ग खसेको भिमकाय पहिरोको भिडियो सार्वजनिक भएको छ । राजमार्गमा कुदिरहेका गाडीहरुमाथि पहाडबाट ठूल्ठूला ढुंगाहरु खसेको उक्त भिडियोमा देखिन्छ ।

उद्धारको लागि करिब २ सयको संख्यामा इन्डो टिवेटियन बोर्डर प्रहरी खटाइएको छ । उद्धार कार्य रातभर जारी राख्ने जनाइएको छ । ‘पहिरो गएको क्षेत्र निकै जोखिमपूर्ण छ । तैपनि हामीले रातभर उद्धार कार्यलाई निरन्तरता दिने अपेक्षा राखेका छौँ’इन्डो तिब्बती सीमा प्रवक्ता विवेक पाण्डेले भनेका छन् ।

हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले घटनाबारे जानकारी दिँदै पहिरोका कारण फसेका व्यक्तिलाई जतिसक्दो चाँडो सुरक्षित तरिकाले उद्धार गर्न र पीडित व्यक्तिलाई राहत उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्युनिकरणलाई आग्रह गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले घटनाको जानकारी लिँदै आफूहरुले सक्दो सहयोग गर्ने बताएका छन् । हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा गत सातादेखि नै निरन्तर परिरहेको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो गइरहेको छ । गत महिना किन्नौरको अर्को स्थानमा भीरबाट ठूल्ठूलो ढुंगाहरु सडकमा कुदिरहेको कारमाथि खस्दा ९ पर्यटकको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.