चीनले ल्हासामा बनायो तिब्बतकै ठूलो एयरपोर्ट टर्मिनल

चीनले ल्हासामा बनायो तिब्बतकै ठूलो एयरपोर्ट टर्मिनल

बेइजिङ: चीनले आफ्नो दक्षिणपश्चिम क्षेत्रमा रहेको तिब्बतको राजधानी ल्हासामा तिब्बतकै ठूलो नयाँ एयरपोर्ट टर्मिनल सञ्चालनमा ल्याएको छ ।

तिब्बतको स्वायत्त क्षेत्र ल्हासाको गोंगर एयरपोर्टमा चीनले गत शनिबारदेखि नवनिर्मित टर्मिनल ३ सञ्चालनमा ल्याएको हो । नवनिर्मित टर्मिनल सञ्चालनमा आएपछि उक्त क्षेत्रको तिब्र पूर्वाधार विकास, यात्रु तथा कार्गो ओसारपसारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ । साथै चीनले नवनिर्मित एयरपोर्ट टर्मिनल दक्षिण एसियाकै सैन्य (लजिस्टिक) हबको रुपमा अघि बढाउने विज्ञहरुले बताएका छन् ।

एयरपोर्ट अधिकारीहरुकाअनुसार उक्त नयाँ एयरपोर्ट टर्मिनमार्फत वार्षिक ९० लाख यात्रु र ८० मेट्रिक टन कार्गो ओसारपसार गर्ने सकिनेछ । हालै सञ्चालनमा आएको टर्मिनल ३ को क्षमता ल्हासाको विद्यमान गोङ्गर एयरपोर्टभन्दा ७५ प्रतिशतले बढी छ ।

नवनिर्मित टर्मिनल ३ परियोजना विस्तार कार्य सन् २०१७ डिसेम्बरदेखि सुरु गरिएको थियो । विस्तारित टर्मिनलको क्षेत्रफल साबिकको टर्मिनलभन्दा ३ गुणा बढि अर्थात् क्षेत्रफल ८८ हजार स्क्वायर मिटर रहेको छ । परियोजनाको कुल लागत ६०३ मिलियन अमेरिकी डलर रहेको छ ।

‘चीनले पछिल्लो समय तिब्बतको पुर्वाधार निर्माण तिब्र रुपमा अघि बढाइरहेको छ । तिब्बतमा कैयौ विमानस्थल, रेलमार्ग, हाइवे परियोजना निर्माण गरेको छ’ साङ्घाईस्थित चीन–दक्षिण एसिया कोपरेसन सचिवालयका लियु जोङगाईले भनेका छन्, ‘यसले स्वायत्त तिब्बतलाई दक्षिण एसियाको लागि अन्र्तराष्ट्रिय सैन्य हब बनाउनमा मद्दत पुर्‍याउन सक्छ ।’

चीनले सन् २०१२ देखि तिब्बतको पूर्वाधार विकासमा ठूलो रकम खर्च गरिरहेको छ । सिन्ह्वा न्युजका अनुसार चीनले तिब्बतमा १३० वटा हवाइ मार्ग सञ्चालनमा ल्याइदिएको छ । ती हवाई मार्गले ६१ वटा सहर जोड्छ । सन् २०२० मा ५.१८ मिलियन यात्रुले ल्हासाको गोङगार एयरपोर्टमार्फत यात्रा गरेका थिए ।

त्यसपछि तिब्बतले गोङ्गार एयरपोर्टको पुरानो रनवेसहिन तीनवटा नयाँ एयरपोर्ट निर्माण गर्ने घोषणा गरेको थियो । गोङ्गार एयरपोर्टको आधिकारिक तथ्यांकअनुसार सन् २०२१ मे महिनामा मात्र गोङ्गार एयरपोर्ट टर्मिनल १ मार्फत १ लाख २० हजार यात्रु र ६५३ टन कार्गोसहित ९४० वटा सफल उडान गराइएको थियो । गोङगार एयरपोर्टको टर्मिनल २ को क्षमता –वार्षिक १ लाख यात्रु ओसारपसार) कम भएकोले चीनले सो एयरपोर्टको नयाँ टर्मिनल ३ सञ्चालनमा ल्याएको हो ।

ल्हासा गोङ्गार एयरपोर्ट पहिलो पटक सन् १९६६ मा निर्माण गरिएको थियो । तत्कालिन समयमा उक्त एयरपोर्टलाई संसारकै पहिलो उच्च स्थानमा रहेको एयरपोर्टको रुपमा गनिन्थ्यो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग मात्र अन्तर्राष्ट्रिय उडान भर्ने गर्थ्यो ।

निकट भविष्यमा दक्षिण एसिया क्षेत्रको व्यापार वृद्धि र सैन्य सामग्री ओसारपसारका लागि गोङ्गार एयरपोर्टले अझै बढि हवाई मार्ग थप्ने अनुमान विज्ञहरुको छ । ‘विस्तारित ल्हासा गोङ्गार एयरपोर्ट परियोजनाले तिब्बतको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनिय भुमिका खेल्ने छ’ तिब्बतस्थित चीनको नागरिक उड्डयन प्रशासनका निर्देशक वाई जेनले भनेका छन् ।

-ग्लोबल टाइम्सबाट
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.