अफगानिस्तानको दोस्रो सहर कान्दहार नियन्त्रण गरेको तालिबानको दाबी

अफगानिस्तानको दोस्रो सहर कान्दहार नियन्त्रण गरेको तालिबानको दाबी

एजेन्सी : तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ। अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीबार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो। तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो। 

यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन्। अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुन: काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन्।

एकजना तालिबानका प्रवक्ताले 'कान्दहार पूर्ण रूपमा जितिएको छ' भन्ने घोषणा गरेका छन्। स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन्।

राजधानी काबुलतर्फ तालिबान अघि बढ्दै गर्दा व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन्। काबुलमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन्।

बिहीवार सामाजिक सञ्जालका पोस्टहरूमा तालिबान विद्रोहीहरू सहरका मुख्य केन्द्रहरूमा देखिएका थियो। कान्दहारलाई रणनीतिक महत्त्वको मानिन्छ किनकी त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल छ। उक्त क्षेत्र देशको मुख्य व्यापारिक केन्द्र पनि हो।

बिहीबार रणनीतिक रूपले महत्त्वपूर्ण गज्नीमा नियन्त्रण गरेपछि तालिबानलाई राजधानी काबुललाई नियन्त्रण गर्न बल पुग्ने ठानिएको थियो। उसले तेस्रो ठूलो सहर हेरातलाई पनि कब्जामा लिइसकेको छ। -बीबीसी नेपाली


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.